यताउताबाट - Page 2 of 16 - KHASOKHAS

यताउताबाट

१० वर्षमा दलितको आवस निर्माणमा ५ अर्ब ६४ करोड खर्च, एक प्रतिशत घर निर्माण

भूमिहीन दलित तथा अल्पसंख्यक मुस्लिमलाई लक्ष्य गरेर एक दशकअघि ल्याइएको जनता आवस कार्यक्रम अलपत्र भएका छन् । १४ लाख ६२ हजार परिवारलाई घर बनाइदिने योजनासहित सुरु भएको कार्यक्रमअनुसार एक दशममा करिब एक प्रतिशत काम भएको छ । सरकारले अहिलेसम्म १७ हजार घर बनेको दाबी गरेको छ । आर्थिक वर्ष ०६६/६७ मा प्रधानमन्त्री माधवकुमार नेपालको सरकारले …

जुम्लामा पहिलोपटक अक्सिजन उत्पादन शुरु

अक्सिजनको अभावमा अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान९जुम्ला अस्पताल०बाट सुर्खेत, नेपालगञ्ज÷काठमाडौँ बिरामी पठाइनुपर्ने अवस्था अन्त्य भएको छ । प्रतिष्ठानले पहिलोपटक आफ्नै प्लान्टबाट अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन शुरु गरेसँगै अक्सिजनको अभावमा जुम्ला अस्पतालबाट बिरामी अन्तै पठाउनुपर्ने अवस्था अन्त्य भएको हो । प्रतिष्ठानले पछिल्लो समय चिकित्सा शिक्षा र सेवाका लागि जुम्लामा गरेको कामलाई अति महत्वपूर्ण उपलब्धि मानिएको …

उपत्यका विकास प्राधिकरण खारेज गरिदिए हुन्छ – काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले उपत्यका विकास प्राधिकरण खारेज गर्न माग गरेको छ । प्राधिकरणको औचित्य नभएकाले त्यसलाई खारेज गरिदिनु पर्ने महानगरको धारणा छ । सोमबार   पत्रकार सम्मेलनमा  काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘स्थानीय तहको समस्या स्थानीय तहले नै समाधान गर्छ । अब उपत्यका विकास प्राधिकरणको काम छैन, यसलाई खारेज गरिदिए हुन्छ ।’ उनले प्राधिकरण खारेज गर्नका लागि …

बीना पानी, छैन जिन्दगानी : पानीको कमीले शरीरमा देखिने ७ समस्या !

डा. प्रसून उपाध्याय इन्टरनल मेडिसिन अल्का अस्पताल / पानी हाम्रो शरीरमा चाहिने अत्यावश्यक पदार्थ हो । करिब ७० प्रतिशत मानव शरीर पानीबाट नै बनेको हुन्छ । स्वस्थ रहन शरीरमा पानीको मात्रा कायम राख्न आवश्यक छ । यद्यपि, शरीरमा विभिन्न कारणले पानीको कमी हुन्छ । यसरी पानीको कमी हुनुलाई डिहाइड्रेसन भनिन्छ । अत्यधिक गर्मी, झाडापखाला, शरीरबाट …

युवा ज्योतिष हरीहर फिल्ममा !

युवा ज्योतिष हरीहर अधिकारीले फिल्म ‘शुभ लभ’ खेलेका छन् । फिल्म खेलेसँगै हरिहर यतिबेला उनी एक प्रश्नले घेरिएका छन् । ज्योतिष ज्ञानले पोख्त मान्छे फिल्ममा किन ? सोमबार फिल्मको शिर्ष गीत रिलिज कार्यक्रमा पनि यही प्रश्न उठाइयो । यस प्रश्नको जवाफमा उनले भने, ‘युवा पुस्ताहरुले निरुत्साहित नगर्नु होला । किनकी युवा बेलामा तीन चार वटा …

छाउगोठ भत्काउन धामीझाँक्री नै अग्रसर

पाण्डसैन अगाउँपानका जय रोकाया मष्टा देवताका धामी हुन् । रोकायाले छाउ (महिनाबारी) लाई धार्मिक आस्थासँग जोड्ने गर्थे । महिनाबारी हुनु दैवी शक्तिको खेल हो, धामीझाँक्री तथा देवताका अनुयायीले छाउ हुँदा महिललाई छुन हुँदैन भन्ने विश्वास रोकायासँग थियो । छाउ हुँदा महिलालाई घरमा सुताउनु धर्म विरोधी काम हो भन्ने मान्यता रोकायाको थियो । तिनै रोकाया अािहले …

बाँदर समात्न पाँच लाख !

त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्र गर्न बजेट विजियोजन गरेको छ । बाँदरले बालीनाली सखाप पारेको आवाज किसानहरुबाट आएपछि यसको नियन्त्रण गर्न गापाले पाँच लाख विनियोजन गरेको हो । त्रिपुरासुन्दरी गाउँपालिका, ३ का धुस्कुन चित्रेपाटीका कृषक भक्तबहादुर कार्कीले बाँदर नियन्त्रण हुने आशा पलाएको बताए । ‘बाँदरको हुलले आलु, साग, काउली उखेलेर हैरान बनाएपछि हामी दिक्क थियौँ,’ उनले …

 ‘टुपोलेभ टु–२२ एम ३’, सुपरसोनिक लडाकू विमान दुर्घटनाग्रस्त

‘टुपोलेभ टु–२२ एम ३’ नामक सुपरसोनिक बम्बर रुसको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ । अवतरण गर्ने क्रममा उक्त लामो रेन्जको बम्बर दुर्घटनामा परेको रुसको राष्ट्रिय संचारले जनाएको हो । सो लडाकू विमानमा कमान्डर, को–पाइलट, नेभिगेटर र अपरेटर गरि चार अधिकारी सवार थिए जसमध्ये तीनजनाको मृत्यु भएको बताइएको छ । दुर्घटनाको प्रमुख कारणबारे पक्का प्रमाण …

पुनस्र्थापना केन्द्रमा एक जनाको मृत्यु, शारीरिक यातना दिएर हत्या गरेको परिवारको आरोप

ललितपुरको महालक्ष्मी–४ स्थित एक पुनस्र्थापना केन्द्रमा शारीरिक यातनाका कारण सेवाग्राहीको मृत्यु भएको पाइएपछि प्रहरीले सञ्चालकसहित दुईजनालाई पक्राउ गरेको छ । सोलुका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्पा र झापा विर्तामोड– ४ का ४८ वर्षीय सुनील खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार सुधार केन्द्रमा दोलखा वैतेश्वर–६ नाम्दुका ४३ वर्षीय सीताराम घिमिरेको मृत्यु भएको हो …

एक महिनामा २१२ जनालाई स्वाइन फ्लु !

राजधानी काठमाडौंमा एक महिनामा २१२ जनामा स्वाइन फ्लु देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टअनुसार पुस १७ देखि माघ ८ सम्म ‘इनफ्लुएन्जा एच१एन१ पिडिएम०९’ का २१२ जना बिरामी अस्पतालमा भर्ना भएका हुन्। ओम अस्पतालको आइसियुमा उपचारकै क्रममा सोमबार ४७ वर्षीया महिलाको मृत्यु भएको छ। अर्का एक संक्रमितलाई एयरलिफ्ट गरेर भारत पठाइएको ओमका मेडिकल डाइरेक्टर केपी देवकोटाले …

WP Facebook Auto Publish Powered By : XYZScripts.com