यताउताबाट - Page 4 of 16 - KHASOKHAS

यताउताबाट

अटोरिक्सा चालकको उदाहरणीय काम !

झापाको अर्जुनधारा नगरपालिका–३ बस्ने ३७ वर्षीय कमल ढुङ्गेलले आफ्नो अटो रिक्सामा सवार एक यात्रुले छाडेको रु पाँच लाख नगद प्रहरीमार्फत फिर्ता गरेर इमान्दार नागरिकको उदाहरण बन्नुभएको छ । इलामको रोङ गाउँपालिका–२ घर भएका खसी व्यापारी ४२ वर्षीय प्रदीप सुन्दासले अर्जुनधाराबाट बिर्तामोड जाँदै गर्दा आज सो नगद भएको झोला ढुङ्गेलकै अटो रिक्सामै छाडेर हिँड्नु भएको थियो …

टुटलको बदमासीः बिनादर्ता भ्याट असुली

टुटलका नाममा मोटरसाइकलमा यात्रु बोक्ने सेवा व्यापार गरिरहेको हाइपर लुक्स नेपालले मूल्य अभिवृद्धि कर ९भ्याट० मा दर्ता नभई सेवाग्राहीबाट भ्याट असुली गरेको खुलेको छ । मुलुकको कानुनअनुसार कुनै पनि कम्पनी वा संघसंस्था भ्याटमा दर्ता भएर आधिकारिक नम्बर नलिएसम्म भ्याट असुली गर्न पाइँदैन । तर हाइपरले भ्याटमा दर्ता नभई मोटरसाइकलको सेवा लिने यात्रुबाट कुल भाडामा १३ …

गुठीको जग्गा मुठीमा !

जनकपुर  हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ । तर, आस्थाका संरक्षक मानिने मन्दिरका महन्थ र पुजारीकै संलग्नतामा यहाँका अर्बौंको गुठी जग्गा बिक्री तथा अतिक्रमण गरेको पाइएको छ । यसले धार्मिकस्थलको पोखरी, जग्गा, पाटीपौवा र देवालय संकटमा परेका छन् । मठमन्दिरको सयौं बिघा जग्गा बेचिएपछि कति मन्दिर लोपै भइसकेका छन् भने भगवानका मूर्तिसमेत बेचिएका छन् । गुठीकै …

हात्ती धपाउन साइरन बजाउँदै ,गस्ती

डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ । विगत एक महीनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पु-याउन थालेपछि वन कार्यालयले जनधनको सुरक्षाका लागि हात्ती धपाउन गस्ती टोली शुरु गरेको कार्यालयका प्रमुख विष्णु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सो क्षेत्रको …

कठोर ‘स्वस्थानी व्रत’ पुरुषले पालना गर्नुपर्ने नियम !

माधवनारायण स्वस्थानी व्रतलाई कठोर व्रतमध्येकै एक मानिन्छ । स्वस्थानी पूजा र व्रत सांस्कृतिक र परम्परागतरूपमा जोडिएर आएको छ । स्वस्थानी पुस्तकमै वर्णन गरिएको लावण्य देश भनिएको हालको साँखुमा एक महिनासम्म स्वस्थानी तथा माधवनारायणको कठोर व्रत र पूजा बस्ने चलन रहिआएको छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि हिन्दु धर्मावलम्बीले श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आरम्भ …

तालिम केन्द्रमा तालिबान आक्रमण, १०० भन्दाबढी सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तानको राजधानी काबुलको बाहिरी क्षेत्रमा रहेको अफगान सेनाको बेस क्याम्प तथा प्रहरी तालिम केन्द्रमा तालिबान बिद्रोहीले गरेको आक्रमणमा १०० जना भन्दा बढी सुरक्षाकर्मीको ज्यान गएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । वारडक राज्यको राजधानी मैदान शहरमा भएको आक्रमणमा धेरैको ज्यान गएको हो । समाचार संस्था रोयटर्ससँग एक उच्च सैनिक अधिकारीले भनेका …

बलिउड अभिनेता सुनिलको,मरक्कड द लायन अफ अरेबियन सी !

बलिउड अभिनेता सुनिल शेट्टी फिल्ममा मुख्य भुमिकामा देखिने भएका छन् । सुनिल विगत ५ वर्षदेखि फिल्ममा केमियो र स्पेशल भुमिकामा देखिदै आए थिए । यो फिल्ममा उनको मुख्य भूमिका छ । प्रियदर्शनले निर्देशन गर्न लागेको फिल्म १५० करोड लगानी रहेको छ । फिल्ममा सुनिल १६ औं शताब्दीको विर योद्धाको भुमिकामा देखिदैं छन् । उनले इन्स्टाग्राममा …

हुम्लामा हिमपात

 रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ । अचानक सोमबार रातिदेखि हिमपात हुन थालेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका …

९ महिनको बच्चालाई २४ घण्टामा २५ पटक हर्ट अट्याक, बाचेपछि डाक्टरले भने– ‘मिराकल बेबी’

विश्वमा यस्ता कैयौ चमत्कार हुन्छ जसलाई जो कोहीले विश्वास गर्देनन् । बेलायतमा पनि यस्तै एउटा चमत्कार भएको छ जसलाई जानेर तपाई पनि अचम्ममा पर्नु हुनेछ । नौ महिनाका एक बच्चा थियो फ्राई लाई २४ घण्टामा २५ पटक हर्ट अट्याका भयो । तर उ पुर्ण रुपमा स्वस्थ छ । बेलायतका डाक्टरहरु अहिले थियो फ्राईलाई मिराकल बेबी …

हिउँभित्रको प्राकृतिक फूल हो, हुम्लाको लिमी

समर हुम्ली/ बाहिरबाट जाने मानिसहरुका लागि यहाँका सबै कुराहरु अनौठो लाग्दछन् लिमी अनकण्टार भुगोलको काप कापमा च्यापिएको मानवता भग्न नग्न परिवेश छ भुगोलको पत्रदल र पुकेशरमा फुलेको छ हिउँ लिमीको शाब्दिक अर्थ दोभानको गाउँ भए पनि कालान्तरमा आएर यो शब्द आञ्चलिकता जनाउने शब्द बन्यो । हाल लिमीमा तीन गाउँहरु जाङ, हल्जी र तील रहेका छन् …

WP2Social Auto Publish Powered By : XYZScripts.com