प्रेमिकाको वियोगमा आत्महत्या गरेका युवकको, पोष्टमार्टमपछि उड्यो सबैको होस् !


प्रकाशित मिति : माघ ९, २०७५ बुधबार

भारतको पंजाब राज्यको जीरकपुरमा आत्महत्या गरेका ‘युवक’को पोष्टमार्टममा होश उडाउने रहस्य खुलेको छ । २२ वर्षका ती ‘युवक’ले प्रेमिकाको वियोगमा आत्महत्या गरेको भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेका थिए ।

झुण्डिएर आत्महत्या गरेका  युवकको शनिबार डेराबस्सीमा पोष्टमार्टम हुँदा होश उडाउने रहस्य खुल्यो । पोस्टमार्टम गर्ने डाक्टरले भने कि उनी युवक नभइ युवती थिइन् । उनी युवती भएको रहस्य कसैलाई पनि थाहा थिएन ।

डाक्टरको कुरा सुनेपछि पुलिस, उनीसँग काम गर्ने स्टाफदेखि उनको परिवार समेतको होशहवास उड्यो । उनीहरु कोही पनि डाक्टरको कुरा मान्न तयार थिएनन् । यतिसम्म कि कबीर राय नाम भएका ती कथित युवकले सुसाइट नोटमा पनि आफूलाई पुरुष उल्लेख गरेका थिए ।

उनले आफ्नी प्रेमिकाले आत्महत्या गरेपछि दुःखी भएर आफूले पनि आत्महत्या गरेको लेखेका थिए । सबैभन्दा आश्चर्यको कुरा त २० वर्षकी उनकी बहिनीले समेत अहिलेसम्म उनलाई दाजु नै मानिरहेकी थिइन् । पोष्टमार्टमपछि उनी समेत यो कुरा मान्न तयार भइनन् कि मृतक उनको दाजु नभइ दिदी हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले उनी लिंग लुकाएर बस्नुको पछाडि के कारण थियो भनेर खोजी सुरु गरेको छ । घटनास्थलमा प्रहरीले भेटेको सुसाइड नोटमा उनकी प्रेमिका दिल्लीमा भएको र २० दिनअघि उनले आत्महत्या गरेकोले त्यही वियोगमा आफूले पनि आत्महत्या गरेको उल्लेख छ । मृतककी बहिनी निर्मलाका अनुसार कबीर महिला भएको उनलाई कहिल्यै लागेन । उनी पुरुष नै थिए र आम मानिसहरुसँग पुरुषलेजस्तै व्यवहार गर्थे ।

कबीर र उनकी बहिनी निर्मलालाई मातापिताले धेरै पहिले छोडेर गएका थिए । त्यसपछि कबीर दिल्लीमा र निर्मला मौलीजागराँमा बस्थे । कबीर २ वर्ष पहिले आएर पुरुषको रुपमा प्यालेसमा काम गर्न थालेकी थिइन् । पोष्टमार्टम गर्ने डाक्टरका अनुसार कबीरको बीचमा लिंग परिवर्तन भएको होइन न त उनी तेस्रो लिंगी हुन् ।

उनको शरीरमा पूर्ण विकसित र स्वस्थ स्त्री प्रजनन अंग छन् जसको अर्थ उनी जन्मजात छोरी नै हुन् । उनीसँग काम गर्ने स्टाफदेखि पार्टी प्यालेसका मालिकसमेतले भने उनको हाउभाउ, चालढाल सबै पुरुषको जस्तो भएको बताएका छन् । एजेन्सी

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com