अटोरिक्सा चालकको उदाहरणीय काम !


प्रकाशित मिति : माघ ९, २०७५ बुधबार

झापाको अर्जुनधारा नगरपालिका–३ बस्ने ३७ वर्षीय कमल ढुङ्गेलले आफ्नो अटो रिक्सामा सवार एक यात्रुले छाडेको रु पाँच लाख नगद प्रहरीमार्फत फिर्ता गरेर इमान्दार नागरिकको उदाहरण बन्नुभएको छ ।

इलामको रोङ गाउँपालिका–२ घर भएका खसी व्यापारी ४२ वर्षीय प्रदीप सुन्दासले अर्जुनधाराबाट बिर्तामोड जाँदै गर्दा आज सो नगद भएको झोला ढुङ्गेलकै अटो रिक्सामै छाडेर हिँड्नु भएको थियो ।

ढुङ्गेलले इलाका प्रहरी कार्यालय अनारमनीमार्फत सो नगद सुन्दासलाई आज फिर्ता दिनुभएको झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com