मिटुको समिक्षा गर्न जरुरी छ : बलिउड अभिनेत्री कंगना


प्रकाशित मिति : माघ ९, २०७५ बुधबार

बलिउड अभिनेत्री कंगना रनावतले मिटु अभियानको उच्च स्तरमा समिक्षा गर्न आवश्यक रहेको बताएकी छिन् । उनले भनिन, ‘बलिउडमा मिटु अभियानको समिक्षा गर्न जरुरी छ ।

उचित समिक्षा भयो भने मानिसहरु बोल्नु र गर्नु भन्दा अगाडि सोच्ने छन् । बलिउडमा पाँच÷छ यस्तो नाम थियो, जसको बारेमा सबै जानकार थिए । अहिले सबै एक्सपोज भइसकेका छन् । केहि गलत पनि भएको छ । जसले गर्दा केटीहरुमा सहि सन्देश पुगेको छैन ।’

उनले रानी मुखर्जीको पक्षमा कुरा राख्दै भनिन, ‘हालै रानी मुखर्जीले मिटुबारे आफ्नो विचार राख्दा विरोधको सामना गर्नु पर्याे । यो निकै दुखद परिस्थिति हो । महिलाले महिला सशक्तिकरणको कुरा गर्दा ट्रोलको सिकार हुनुपर्छ ।

हुन सक्छ रानीले आफ्नो कुरा सहि तरिकाले राख्न सकिनन् । तर उनले आफ्नो जिन्दगी जसरी जिएकी छिन् । उनी आफै एक पे्ररणाको स्रोत हो । जसले उनलाई चिन्छन्, उनीहरुलाई थाहा होला रानी गलत छैन ।’

कंगनाले आत्मनिर्भर हुनलाई प्रेरित गर्दै भनिन्, ‘हामो सुरक्षा कोहि अरु व्यक्तिले गर्छ भन्ने अपेक्षा राख्नु गलत हो । यदि मंैले यस्तो सोच राखेको भए म कहाँ हुन्थे थाहा छैन । म एक ग्रुपमा उभिरहेको थिएँ, एक व्यक्तिले पछाडीबाट मेरो कम्मर भन्दा मुनि चिमोट्यो । यो सब गर्दा पनि ऊ केहि नभएको जसरी उभिरहेको थियो ।

यस्तो अवस्थामा तपाईहरु केटिबाट के गर्न सक्छे भन्ने अपेक्षा गर्नु हुन्छ ? मलाई लाग्छ केहिहरुलाई सुरक्षाको बेसिक नियम सिकाउनु पर्छ । सुरक्षाको मतलब केवल मार्शल आर्ट्स मात्र होइन । सुरक्षा भनेको आफुलाई कसरी सुरक्षित राख्ने भन्ने कुरा हो ।’

कंगनाको ‘मणिकर्णिका : द क्विन अफ झाँसी’ २५ जनवरीमा रिलिज हुँदैछ । फिल्मको निर्देशन कृष जग मुन्डी र कंगना दुवैले गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com