सुन्दा अचम्म तर, सत्य : अमेरिकामा दुई आमाको कोखबाट एउटा बच्चा !


प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार

दुई आमाको कोखबाट एउटा बच्चा ! सुन्दा अचम्म लाग्न सक्छ । अमेरिकामा समलिंगी जोडीले बच्चा दुईवटा कोखमा पालैपालो राखेर जन्म दिएका छन् । पत्याउनु भएन, यो हेर्नुहोस् । अमेरिकामा समलिंगी जोडी अन्ततः दुईवटा कोखमा एउटै बच्चा पालैपालो राखेर जन्म दिने विश्वकै पहिलो जोडी बनेका छन् । बच्चा दुईजना आमाको गर्भमा हुर्किएको पहिलो बन्न सफल भएको छ ।

समलिंगी जोडीले आफ्नो पहिलो बच्चालाई जन्म दिनका लागि आइभिएफ प्रविधिको सहयोग लिएका थिए । ६ वर्षसम्म डेट गरेपश्चात् एश्ले र ब्लिस कल्टर नामका ती दुई समलिंगी महिलाले सन् २०१५ मा बिहे गरे ।

दुबैजनाले बच्चा जन्माएर आमा बन्न चाहन्थे । तर लेस्बियन भएका कारण उनीहरुले प्राकृतिक तवरले गर्भाधारण गर्न सक्दैनथे । त्यसपछि उनीहरुले टेस्टट्युब बेबी प्रविधिको सहयोग लिए । ब्लिसको गर्भाशयबाट अण्ड कोष निकालियो र फर्टिलाइजेसन सेन्टरबाट लिइएको शुक्रकिट सँग मिलान गराई फर्टिलाइजेसन गरियो ।

भ्रुण तयार भएसँगै त्यसलाई ब्लिसको पाठेघरमा प्रत्यारोपण गरियो । केही समयपछि उक्त भ्रुणलाई ब्लिसको गर्भबाट निकालियो र २८ वर्षकी एश्लेको पाठेघरभित्र स्थानान्तरण गरियो । अन्ततः गत जून महिनामा एश्लेले एक छोरा जन्माइन् । त्यस बच्चाको नाम स्टेटसन राखिएको छ । स्टेटसन दुई आमाको गर्भमा हुर्किने दुनियाको पहिलो बच्चा बनेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com