१० वर्षमा दलितको आवस निर्माणमा ५ अर्ब ६४ करोड खर्च, एक प्रतिशत घर निर्माण


प्रकाशित मिति : माघ १६, २०७५ बुधबार

भूमिहीन दलित तथा अल्पसंख्यक मुस्लिमलाई लक्ष्य गरेर एक दशकअघि ल्याइएको जनता आवस कार्यक्रम अलपत्र भएका छन् । १४ लाख ६२ हजार परिवारलाई घर बनाइदिने योजनासहित सुरु भएको कार्यक्रमअनुसार एक दशममा करिब एक प्रतिशत काम भएको छ ।

सरकारले अहिलेसम्म १७ हजार घर बनेको दाबी गरेको छ ।

आर्थिक वर्ष ०६६/६७ मा प्रधानमन्त्री माधवकुमार नेपालको सरकारले जनता आवस कार्यक्रमको अवधारण ल्याएको हो । घरवारबिहीन मुसहर तथा आमदलितमा कम्तिमा सुरक्षित आवस उपलब्ध गराउन कार्यक्रम घोषणा गरिएको थियो । यो समाचार पुष्प ढुङ्गाना, सुरेन्द्रकुमार कामती र मणिलाल विश्वकर्माले नयाँ पत्रिकामा लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com