मानव तस्करीमा नयाँ रुट, तेस्राे मुलुक पु-याउँदै नेपाली युवती

नेपाली युवतीलाई विभिन्न नाकाबाट भारत हुँदै तेस्रो मु्ल्क पु-याउँदै आएको मानवतस्कर समूहले नयाँ बाटो प्रयोग गर्ने गरेको रहस्या खुलेको छ ।

भारत लगायत विभिन्न मुलुकमा नेपाली युवतीलाई राम्रो काम लगाइदिने भन्दै विभिन्न यौनजन्य क्रियाकलापमा संलग्न गराउने गिरोहले पूर्वोत्तर भारतको मणिपुर हुँदै म्यान्मार पु-याउने र त्यहाँबाट खाडी तथा अफ्रिकन मुलुकमा पु-याउने वेश्यावृत्तिलगायत यौनजन्य क्रियाकलापमा जबरजस्ती संलग्न गराउने गरेको पाइएको छ ।

महिला बेचबिखनविरुद्ध लामो समयदेखि काम गर्दै आएको माइती नेपालले म्यानमार हुँदै नेपाली युवतीलाई तेस्र्रो मुलुक पु-याउने रहस्या पत्ता लगाएको दाबी गरेको छ ।

काठमाडौं विमानस्थलमा नेपाली महिलालाई तेस्रो मुलुक जानमा कडाई गरेपछि दलालले पूर्वोत्तर भारतको नाका प्रयोग गरेर म्यानमार पु-याउने र त्यहाँको यांगुनअन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी नेपाली युवतीलाई अन्य मुलुक पु-याउने गरेको माइती नेपालका अध्यक्ष विश्व खड्काले जानकारी दिनु भयो । यो समाचार आजको नेपाल समाचार पत्रमा दीपक रिजालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

प्रबन्ध निर्देशक : ...
सम्पादक : ...

Contact Us

सूचना विभागमा दर्ता नं. : 2075/..

© 2018 All Right Reserved
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com