तेह्रथुमबाट यो वर्ष ६ करोड बढीको अकबरे खुर्सानी विक्री !


प्रकाशित मिति : माघ २३, २०७५ बुधबार

  • भगिश्वर लिम्बु/  तेह्रथुमबाट यो वर्षको सिजनमा ६ करोड बढीको अकबरे खुर्सानी निर्यात भएको छ ।

अलै‌ची र अदुवापछि तेह्रथुमको प्रमुख नगदेवाली खुर्सानी हो । जेठदेखि पुससम्म विरुवा, फल र वियाँ विक्री गरेर ६ वटै स्थानीय तहका किसानले ६ करोड रुपैयाँ भित्र्याएका हुन् । स्थानीय बजारमा प्रतिकेजी २ सय ५० देखि ३ सय ५० रुपैयाँमा खुर्सानी विक्री भईरहेको छ ।

विभिन्न प्रकारका अचार बनाइने भएकाले पनि अकबरे खुर्सानीको माग उच्च छ । तेह्रथुममा उत्पादित खुर्सानी पूर्वी तराईसहित भारतको सिलगुढी र दार्जलिङसम्म निर्यात हुन्छ । एकै सिजनमा राम्रो आम्दानी लिन सकिने भएकाले पनि कृषक खुर्सानी खेतीमा आकर्षित भएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com