‘महाराष्ट्रमा भाजपा र शिव सेनाकै सरकार बन्नुपर्छ’


प्रकाशित मिति : कार्तिक २०, २०७६ बुधबार

भारतको महाराष्ट्र राज्यमा केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र शिव सेनाले सरकार बनाउने देखिएको छ ।

निर्वाचनका बेला गठबन्धन गरेका यी दुई दलले सरकारमा पनि भागबण्डा गर्ने अनुमान गरिएको छ ।

केन्द्रीय मानव स्रोत विकास मन्त्री संजय साम्राओ धोत्रेले महाराष्ट्रका जनताले भाजपा र शिव सेनाको संयुक्त सरकार देख्न चाहेको बताउनुभयो ।

भाजपा र शिव सेनाका बीचमा शक्ति बाँडफाँडको विषयलाई लिएर विवाद भइरहेका बेला उहाँले दुवै मिलेर सरकार बनाउनु जनताको चाहना भएको बताउनुभएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“हामी निर्वाचनमासँगै थियौँ, त्यसैले महाराष्ट्रका जनताले हामी सरकारमा पनि सँगै भएको हेर्न चाहेका हुन,” उहाँले बुधबार भन्नुभयो ।

उहाँले अहिले सामान्य विवाद र विमति जस्तो देखिए पनि अन्त्यमा दुवै मिलेर सरकार बनाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

संयुक्त सरकार नबनाएमा जनताको अभिमतको बेवास्ता गरेको ठहरिने तर्क गर्दै उहाँले भाजपा र शिव सेनाको संयुक्त सरकारको विकल्प नभएको दाबी पनि गर्नुभयो ।

उहाँले आज, भोलि मात्र नभई अरू २५ वर्ष भाजपा र शिव सेनासँगसँगै रहने उहाँको भनाइ छ ।

केही हप्ता अगाडि भएको निर्वाचनमा भाजपाले एक्लै १०५ सिटमा जित हासिल गरेर सबैभन्दा ठूलो पार्टी बनेको छ भने शिव सेना ५६ सिटमा विजयी भएको छ । कूल २८८ सिटका लागि भएको निर्वाचनको नतिजा गत अक्टोबर २४मा घोषणा गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com