जलवायु परिवर्तनसम्बन्धी सम्झौताबाट अमेरिका औपचारिक रूपमै अलग


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

WASHINGTON, DC – OCTOBER 30: U.S. President Donald Trump delivers remarks during the Medal of Honor ceremony for Army Master Sgt. Matthew Williams in the East Room of the White House October 30, 2019 in Washington, DC. Serving with Special Forces Operational Detachment Alpha in Afghanistan’s Shok Valley in 2008, Williams repeatedly risked his life to evacuate four wounded teammates and lead counterassaults after they were pinned down by enemy fire during a mission to capture or kill high-value targets. (Photo by Chip Somodevilla/Getty Images)

अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अलग भएको विषयमा राष्ट्रसंघलाई औपचारिक जानकारी गराएको छ । जलवायु परिवर्तनविरुद्ध ऐक्यबद्धता कायम राख्ने भन्दै विश्वका नेताहरूको सहभागितामा फ्रान्सको राजधानी पेरिसमा एउटा सम्झौता भएको थियो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू निर्वाचित भएलगत्तै सो सम्झौताबाट बाहिरिने घोषणा गरेका थिए ।

सम्झौताबाट बाहिरिने विषयमा अमेरिकाले राष्ट्रसंघलाई मंगलबार औपचारिक पत्र पठाएको छ । विदेशमन्त्री माइक पोम्पेओले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजलाई मंगलबार पत्र लेखेर औपचारिक रूपमै जानकारी गराएको राष्ट्रसंघले जानकारी दिएको छ ।

राष्ट्रसंघका महासचिव गुटरेजका प्रवक्ताले अमेरिकाले पत्र लेखेको पुष्टि गरेका छन् । नोभेम्बर ४ देखि अमेरिका सो सम्झौताबाट पछि हटेको औपचारिक पत्र प्राप्त गरेको प्रवक्ताले जानकारी दिए । ‘सन् २०१५ डिसेम्बर १२ मा गरिएको पेरिस सम्झौताबाट हट्न अमेरिकाले पठाएको पत्र गुटरेजले प्राप्त गरेका छन्,’ उनले भनेका छन् ।

सम्झौतामा अमेरिकाले सन् २०१६ को अप्रिल २२ मा हस्ताक्षर गरेको थियो । करिब एक महिनाअघि नै अमेरिकाले सम्झौताबाट बाहिरिने आफ्नो योजनाबारे राष्ट्रसंघलाई जानकारी गराएको थियो । सम्झौतामा अमेरिकासहित विश्वका १८८ देशले हस्ताक्षर गरेका छन् । सम्झौतामा भएका कतिपय प्रावधानका कारण अमेरिकालाई अनावश्यक रूपमा आर्थिक बोझ थपेको ट्रम्पको दाबी थियो । सोही कारण देखाएर अमेरिकाले सो सहमतिको कार्यान्वयनमा जान नसक्ने बताउँदै आएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रसंघीय प्रवक्ताले अमेरिकाले दिएको पत्रबमोजिम राष्ट्रसंघले काम गर्ने भन्दै यही नोभेम्बर ४ देखि नै अमेरिका सो सम्झौताबाट अलग भएको प्रावधान कार्यान्वयनमा आउने जानकारी दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com