भेडा पालेर वार्षिक पाँच लाख बढी आम्दानी


प्रकाशित मिति : कार्तिक ११, २०७६ सोमबार

–धु्रबसागर शर्मा

बागलुङको काँठेखोला गाउँपालिका–३ धम्जाका बुद्धिबहादुर विक र बुद्धराम मगरको पुख्र्यौली पेशा भेडापालन हो ।
बाजेको पालादेखि शुरु गरेको भेडापालनले नातिको पुस्तासम्म आइपुग्दा व्यावसायिक रुप लिइसकेको छ । बागलुङको धम्जामा भेडिगोठ राखेर म्याग्दीको स्वर्गाश्रम क्षेत्रको जङ्गलमा भेडा चराउनु विक र मगरको दैनिकी बनेको छ ।

चवालीस वर्षीय बुद्धिबहादुर विकले आफू जान्ने भएदेखि नै म्याग्दीको बेलढुङ्गा र स्वर्गाश्रम क्षेत्रको जङ्गलमा भेडा चराउँदै आएको बताउनुभयो । विकले आफ्ना ५२ वटा भेडालाई बिहानको खाना खाएपछि दैनिकरुपमा यस क्षेत्रमा चराउन ल्याउने गरेको पनि ठ्याक्कै ३२ वर्ष भयो । बाह्र वर्षको उमेरदेखि भेडा चराउने पेशा अपनाएका विक आफ्नो जागिर र व्यवसाय दुवै भेडापालन नै भएको बताउनुहुन्छ ।
त्यस्तै विकसँगै भेडा चराउन म्याग्दीको जङ्गलमा आउनुभएका वाग्लुङका बुद्धराम मगरले पनि आफ्नो बाल्यकाल र युवा अवस्था भेडासँगै जङ्गलमा नै बिताउनुभएको छ । ‘बालापन र वैंश दुवै यसैमा बित्यो हजुर, अब त यसैमा आनन्द छ, आफ्ना ४२ वटा भेडालाई खेद्दै ओरालो झर्दै गर्नुभएका मगरले भन्नुभयो ‘जापान पनि यही हजुर कोरिया नि यही ।‘

ठट्यौलो स्वभावका विक र मगरका भेडाहरु पनि हेर्दै लोभलाग्दा छन् । अधिकांश सेता र केही काला भेडाहरुको बथान लिएर ओरालो झर्दै गरेका यी भेडापालक कृषकहरुको आम्दानी पनि सामान्यरुपमा अनुमान गरिनेभन्दा फरक छ । विक भन्नुहुन्छ ‘एउटा भेडाको मूल्य रु पाँच हजारदेखि रु ५० हजारसम्म पर्छ । वर्षमा ५÷७ लाख रुपैयाँ कमाइ हुन्छ ।‘

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मगरले पनि भेडा बिक्री गरेर वर्षमा रु पाँच लाखभन्दा बढी कमाउने गरेको बताउनुभयो । मासिक सरदर रु ५० हजार कमाइ भएपछि विक र मगरलाई गाउँको भेडिगोठ र जङ्गलको चरनमा नै रस बसेको छ । मगर भन्नुहुन्छ ‘अमेरिका अष्टे«लिया जाउँला भन्ने कहिल्यै लाएन, जाबो अरब कतारको कमाइ यहीँ हुन्छ, हामी त यतै मस्तै यतै व्यस्तै ।

सुन्ने मान्छेलाई पनि कुरैले चोत्क्याउने खुबी भएका यी दुई भेडापालक कृषकको समस्या भनेको भेडालाई चरनको अभाव नै हो । आफनो नजिकको जङ्गल सामुदायिक वन बनेपछि भेडापालन गर्न समस्या भएको उनीहरुको भनाइ छ । ‘नजिकमा चराउने ठाउँ छैन, त्यसैले यति टाढा चराउन ल्याएका हौँ, मगरले भने “सरकारले गाउँगाउँमा केजाती हो (रोजगारी) दिन्छु भन्थ्यो, हामीलाई त वन खुला गर्दिए हुन्थ्यो ।”
विक र मगरजस्तै धम्जामा नौ जना कृषकले व्यावसायिक भेडापालन गरेका छन् । उनीहरु सबैको एउटै समस्या छ, त्यो हो चरनको अभाव ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com