शिशु हत्या आरोपमा अर्जेन्टिनी नर्सलाई आजीवन कारावासको सजाय


प्रकाशित मिति : असार ६, २०८२ शुक्रबार

jail

पाँच शिशुको हत्या गरेको आरोपमा अर्जेन्टिनी नर्सलाई आजीवन कारावासको सजाय दिइएको छ ।

अर्जेन्टिनाको एक अस्पतालमा पाँच शिशुको हत्या गरेको आरोपमा उनलाई यो सजाय सुनाइएको हो । उनले आठ अन्य शिशुको पनि हत्या प्रयास गरेको आरोप पनि लागेको छ ।

अभियोजकहरूका अनुसार ब्रेन्डा सेसिलिया अगुएरोले सन् २०२२ मार्च र जुनको बीचमा सूची नियन्त्रण नभएका आपत्कालीन चिकित्सा कार्टबाट डोज लिएर नवजात शिशुहरूमा पोटासियम र इन्सुलिन सुई लगाएकी थिइन् ।

अर्जेन्टिनी कानूनअनुसार अगुएरो ३५ वर्षको सजाय भोग्नुअघि प्यारोलका लागि योग्य हुनेछैनन् । अदालतका क्लर्कले स्थानीय मिडियामा प्रसारण गरिएको फुटेजमा सजाय पढेर सुनाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सबै स्वस्थ जन्मिएका बच्चाको ब्युनस आयर्सबाट ३ सय ७० माइल उत्तरपश्चिममा रहेको कोर्डोबा प्रान्तको मातृ तथा बाल अस्पतालको नवजात वार्डमा प्रारम्भिक अस्पष्ट परिस्थितिमा मृत्यु भएको थियो ।

द्रुत चिकित्सा हस्तक्षेपका कारण अन्य आठ जना बाँचेका थिए । मुद्दामा पूर्व प्रान्तीय अधिकारी र स्वास्थ्यकर्मीहरू सहित १० अन्य प्रतिवादीविरुद्ध ढाकछोप र कर्तव्यमा लापरवाहीको आरोप लगाइएको थियो ।

आरोप लागेकाहरूमा कोर्डोबा प्रान्तका पूर्व स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवका साथै अस्पतालका पूर्व निर्देशक समावेश थिए ।

सन् २०२२ मा पक्राउ परेकी अगुएरोले आरोपहरू अस्वीकार गरिन ।

यसअघि उनले अदालतलाई ‘उनीहरूसँग कुनै प्रमाण छैन’ र मिडियाले उनलाई ‘सिरियल किलर’ को रूपमा चित्रण गरेको आरोप लगाएकी थिइन् ।

अन्य प्रतिवादीमध्ये पाँच जनालाई दोषी ठहर गरिएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com