नेकपालाई सीको सुझाव : स्वच्छता र सुशासनमा ध्यान दिनू


प्रकाशित मिति : आश्विन २६, २०७६ आईतबार

sf7df8f}F, @% c;f]h -/f;;_M /fi6«klt ;LnfO{ :jfut ub}{ k|wfgdGqL cf]nL rLgsf /fi6«klt ;L lrglkmªnfO{ zlgaf/ lqe’jg cGt//fli6«o ljdfg:yndf :jfut ug'{x’Fb} k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/ M/Tg >]i7

चीनका राष्ट्रपति सी चिनफिङले स्वच्छता र सुशासनमा ध्यान दिन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतालाई सुझाव दिएका छन् । नेपाली नेताहरू दिन प्रतिदिन विलासी बन्दै गइरहेको अवस्थामा चीनका राष्ट्रपति सीले विलासी जीवन त्यागेर सादा जीवन ग्रहण गर्न नेताहरूलाई सुझाएका छन् ।

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका सीले आइतबार नेकपा सचिवालय सदस्यका नेताहरूसँग भेटवार्ता गर्दै सो सुझाव दिएका हुन् । भेटवार्तामा सहभागी नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिस्ट पार्टीले स्वच्छता र सुशासनमा ध्यान दिनुपर्ने सुझाव राष्ट्रपति सीले दिएको बताए ।

‘शासन सञ्चालन गर्न कम्युनिस्ट पार्टीले पहिले आफूभित्र नै स्वच्छता र सुशासनमा ध्यान दिनुपर्छ, यो हाम्रो अनुभव हो,’ राष्ट्रपति सीको भनाइ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘चिनियाँ कम्युनिस्ट पार्टीले चीनमा शासन गर्न सकेको क्रान्ति गर्दा एकचोटि सत्ता कब्जा गरेको आधारमा होइन, निरन्तर जनसेवा गरेर जनताको समर्थन पाएकाले हो ।’ चीनमा शासन सत्ता सञ्चालन गर्न कम चुनौतीपूर्ण नभएको तथा जनताको समर्थन नभएको भए त्यो सम्भवसमेत नभएको सीले भेटवार्ताको क्रममा भनेका छन् । सीले नेताहरू इमानदार र नैतिक बन्नुपर्नेमा जोड दिँदै जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्दा सहजै सहयोग पाइने विश्वास व्यक्त गरे ।

पछिल्लो समय नेपालले राजनीतिक उपलब्धि र स्थायित्व हासिल गरेको बताउँदै उनले विकासको बाटोमा चीन सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे । नेपाल र चीनको सम्बन्ध वर्षौंदेखि राम्रो भएको र यसलाई अझ सुदृढ गर्दै लैजानुपर्ने उनले बताए । चीन र नेपालको कम्युनिस्ट पार्टीको सम्बन्ध अझै सुमधुर र मजबुत बनाउनुपर्ने र त्यसलाई साझा कार्यक्रम बनाएर अनुभव आदान प्रदान गर्नुपर्ने आवश्यकता औंल्याए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कम्युनिस्ट क्रान्तिको आधारमा मात्रै सत्ता चलाएको नभएर उनले धेरै प्रतिकूलताबीच पनि जनतालाई उपलब्धिहरू दिन सकेकै कारण समाजवादको दिशामा नै अगाडि बढेको बताए ।
भेटवार्तामा नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दुई कम्युनिस्ट पार्टीबीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभव साटासाट गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिस्ट पार्टीको सहयोग आगामी दिनमा अझ बढ्ने मैले विश्वास लिएको छु,’ दाहालले भने ।

अध्यक्ष दाहालले बीआरआईमा हस्ताक्षर गरी नेपाल र चीनबीचको सम्बन्धमा नयाँ युग सुरु भएको बताउँदै दुवै देश र जनताको हितका निम्ति समयसीमा निर्धारण गरी आयोजनाहरूको छनोट र तीव्र कार्यान्वयनमा जोड दिनुपर्ने बताए । याे खबर आजको राजधानीदैनिकमा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com