यस्तो छ मोदी र ओलीबाट नेपाल भारत पेट्रालियम पाइपलाइनको उद्घाटन तयारी


प्रकाशित मिति : भाद्र २३, २०७६ सोमबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा नेपाल भारत पेट्रालियम पाइपलाइनको उद्घाटन गर्ने भएका छन् । दुवै देशका प्रधानमन्त्रीद्वयले आ–आफ्नो देशबाट भिडियो कन्फरेन्समार्फत स्वीच थिचेर मंगलबार भल्व खोल्ने भएका हुन् ।

जसका लागि भारततर्फका ३ वटा र नेपालतर्फका ३ वटा गरेर जम्मा ६ वटा क्यामेरा राखिएको छ । पेट्रोलियम पाइपलाइनमार्फत हाललाई डिजेलमार्फत उपलब्ध हुने बताइएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म ७० किलोमिटर लामो पाइपलाइन दुई देशबीचको पहिलो पाइपलाइन हो ।

१ करोड ६० लाख लिटर क्षमता भएको उक्त प्रोजेक्ट २ सय ७५ करोडको लागतमा बनेको हो । ३० महिना भनिएको उक्त प्रोजेक्ट १९ महिनामा सकिएको हो । भोलि १२ बजे दुवै देशका प्रधानमन्त्रीले स्वीच थिचेर पेट्रोलियम पाइपलाइन संचालनमा ल्याउने कार्यक्रम छ ।

भारतीय प्रधानमन्त्री मोदीले पाइपलाइन उद्घाटनको पूर्व सन्ध्यामा ट्विट गर्दै पेट्रोलियम पाइपलाइन नेपाल भारत निकट द्विपक्षीय सम्बन्धको प्रतिक भएको बताएका छन् । मोतिहारी अमलेखगञ्ज पाइपलाइन दक्षिण एशियाको पहिलो पाइपलाइन भएको भन्दै मोदीले यो पुरै क्षेत्रमा ऊर्जा सुरक्षा र दिगो रुपमा पारवहन खर्च कटौति गर्ने बताएका छन् ।

उद्घाटनको तयारीबारे खसोखासका लागि दीपेन्द्र ढुंगानाले खिचेका केही तस्वीरहरु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com