प्रेमको अर्को रुप ? यि जापानीले गरे भर्चुअल होलोग्रामसंग विवाह


प्रकाशित मिति : कार्तिक २९, २०७५ बिहीबार

जापानका एक व्यक्तिले होलोग्रामसँग विवाह गरेका छन् । हाचुने मिकु नामक भर्चुअल रियालिटी गायीकासँग आकिहिको कोण्दो नामका व्यक्तिले विवाह गरेका हुन् । विवाहपश्चात उनी जापान सहित विश्वभरिका धेरै समाचारहरुमा चर्चाको विषय बनेका छन् भने सामाजिक संजालमा विभिन्न तरिकाले उनको चर्चा भैरहेको छ ।

विरालो आकारको स्टफ्ड गुडियासँगको विवाहमा कोण्दोका कोही पनि आफन्तको उपस्थिती त थिएन, तर उनको विवाह करीब ४० जना अन्य पाहूना भने थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टोकियो हलमा एक औपचारिक समारोहबीच कोण्दोले एनिमेटेड मिकुसँग गरेको विवाह आगन्तुकका लागि आश्चर्यको विषय बनेको थियो । विवाहमा करीब २० लाख येन भएको बताइएको छ ।

आफूले सधैं मिकुलाई माया गर्ने गरेको र सधैं उसैका बारेमा मात्रै सोचिरहेको कोण्दोले बताए । मार्चदेखि कोण्दो मिकुको घुम्ने र बोल्ने होलोग्रामसँग बस्दै आएका थिए । यो एकप्रकारको भर्चुअर रियालिटीको प्रयोग गरि बनाएको एसिस्टेन्ट हो ।

उनी आफूलाई अन्य सामान्य विवाहित व्यक्ति जस्तै मान्छन् र उनकी होलोग्राफिक पत्नीले उनलाई विहान उठाउने र उनलाई काममा पठाउने गरेको उनले बताए ।

कोण्दो जापानको एक विद्यालयमा विद्यालय प्रशासकका रुपमा काम गर्छन् । कोण्डोको विवाहले कानूनी मान्यता पाउने सम्भावना एकदमै न्यून भए पनि यसले आफूलाई केही पनि फरक नपार्ने उनले बताएका छन् ।

मिकुलाई फिचर गर्ने होलोग्राम निर्माता कम्पनी गेटबक्सले विवाह प्रमाणपत्र जारी गरेको छ जसले मानव र भच्र्युअल क्यारेक्टरबीचको विवाहलाई ‘आयामभन्दा पर’ को संज्ञा दिएको छ । यस्तो प्रकारको प्रमाणपत्र पाउने कोण्दो एक्लो भने होइनन् ।

गेटबक्सले ३ हजार ७ सय भन्दा बढीको संख्यामा यस्तो प्रमाणपत्र जारी गरेको छ । एनिमेशनप्रति पागल जापान जस्तो राष्ट्रमा पनि कोण्दोको यो विवाहले सबैलाई आश्चर्यमा पारिदिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com