कम्पनीमै दुर्घटनामा परि एक नेपालीको मृत्यु


प्रकाशित मिति : कार्तिक २१, २०७५ बुधबार

नेपालमा दिपावलीको रौनक छाइरहेको बेला दक्षिण कोरियामा काम गर्न आएका एक नेपालीको दुःखद निधन भएको छ ।इपिएस मार्फत करिब २ बर्ष अघि आएका पाँचथरका राजेश तुम्बापोको मंगलबार औद्योगिक दुर्घटनामा परी निधन भएको श्रम कन्सुलर डिल्लीराम बास्तोलाले जानकारी दिएका छन् । मृतक तुम्बोपो छल्लाबोक्दो यांजीस्थित एक प्लास्टिक कम्पनीमा कार्यरत थिए । मृतक तुम्बाफो २ बर्ष देखि उक्त कम्पनीमा काम गर्दै आएका थिए ।

आज बिहान ८ बजेको समयमा काम गर्ने क्रममा मेसिनले च्यापिएर तुम्बापोको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।घटना बारे नेपालका आफन्तलाई जानकारी दिने तयारी भइरहेको बास्तोलाले बताए । मृतक तुम्बाफोका भाइ पनि कोरियामै कार्यरत छन् ।

त्यसैगरी थप विवरण लिन हामीले मृतकका सहकर्मीलाइ सम्पर्क गर्दा उनले बिहान काम सुरु हुनै लाग्दा यस्तो दुखद घटना भएको बताए । घटनाको विवरण दिन आफु अहिले प्रहरी चौकीमा रहेको समेत बताए ।पछिल्लो समय कोरियामा दुर्घटनामा तथा अन्य कारणले मृत्यु हुनेको संख्या बढ्दो छ । गत साता दोलखाका आङकामि शेर्पाको हृदयघातका कारण अस्पतालमा मृत्यु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com