विदेशीसँग टिकटको पैसा माग्न डराउँदा २ करोड ५० लाख घाटा


प्रकाशित मिति : कार्तिक १६, २०७५ शुक्रबार

टोकियोको सिन्ज्युकु स्टेशनबाट केही मिनेटको हिँडाइमा आउने सिन्ज्युकु ग्योइन (पार्क) मा त्यहाँका एक कर्मचारीले केही विदेशीसँग टिकटको पैसा नलिइकन भित्र प्रवेश गराएको खुलासा भएको छ । जापानको वातावरण मन्त्रालयको सञ्चालनमा रहेको सो गार्डेनमा वयस्कका लागि प्रवेश शुल्क मात्रै २ सय येन छ ।

जापानी भाषा बोल्न नजान्ने पाहुनासँग संवाद गर्न कठिन हुने भएकाले उनीहरुसँग त्यहाँका कर्मचारीले विगत साढे दुई वर्षदेखि विना टिकट भित्र प्रवेश गराइरहेको पाइएको हो । यसबाट राज्यलाई २ करोड ५० लाख घाटा भएको बताइएको छ ।

तर यसमा अचम्म लाग्दो त के छ भने ती कर्मचारीले विदेशीसँग पैसा नलिएको भएपनि टिकट भने जारी गर्ने गरेका थिए । गार्डेनमा प्रवेश गर्न आगन्तुकले क्युआर कोड स्क्यान गर्नुपर्छ जुन प्रवेशद्धारमा पुगेपछि उनीहरुको टिकटमा प्रिण्ट गरिन्छ । अझ यसमा पनि अचम्म के छ भने टिकटमा अंग्रेजी भाषामै वयस्कको शुल्क २ सय येन पर्छ भनेर लेखिएको हुन्छ ।

यसरी निःशुल्क टिकट जारी गर्ने कर्मचारी वातावरण मन्त्रालयका पूर्व सदस्य हुन् जो अस्थायि रुपमा सो गार्डेनमा कार्यरत छन् । यो मामिलापछि उजले आफ्नो पदबाट राजीनामा दिएको खबर सोरान्यूजले प्रकाशन गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com