उत्तर कोरियाबाट भागेका सैनिकको पेटमा देखिए किरैकिरा, डाक्टरहरु आश्चर्यचकित


प्रकाशित मिति : कार्तिक १५, २०७५ बिहीबार

भागेर दक्षिण कोरिया आइपुगेका एक उत्तर कोरियाली सैनिकको पेटमा भारी मात्रामा परजीवी भेटिएपछि उनको उपचारमा संलग्न डाक्टरहरु आश्चर्य चकित बनेका छन् ।

सोमबार घाइते अवस्थामा आइपुगेका ती सैनिकको दक्षिण कोरियाको एक अस्पतालमा उपचार जारी रहेको छ ।

ती सैनिक देशको सीमालाई छुट्याउने विसैन्यीकृत क्षेत्रबाट भाग्न सफल भएका थिए । सन् १९५३ को युद्धविराम पछि यस क्षेत्रमा सैनिकको भारी पहरा हुने गर्छ ।

दक्षिण कोरियाको सेनाको अनुसार जब सैनिक भागिरहेका थिए उनीमाथि उत्तरको सैनिकहरुले उनीमाथि ४० भन्दा बढी गोली प्रहार गरेका थिए । उनको उपचारमा संलग्न डाक्टरका अनुसार उनको स्थिति अहिले स्थिर रहेको छ । उनको शरीरमा अझै एउटा गोली बाँकी रहेको पनि बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, यो भन्दा पनि डाक्टरहरु सैनिकको आन्द्रामा भेटिएको परजीवीका कारण आश्चर्यचकित बनेका छन् । यसका कारण उसको घाउमा निकै धेरै असर परिरहेको छ र स्वास्थ्य सुधारमा समस्या आइरहेको छ ।

सैनिकको उपचार गरिरहेका डा. कोरियाली डाक्टरी ली कुक जोङ भन्छन्, ‘मेले आफ्नो २० वर्षको करियरमा यस्तो कहिले देखेको थिइनँ ।’

लीका अनुसार उनको आन्द्रामा भेटिएको सबैभन्दा ठूलो किरा २७ सेन्टीमिटर लामो रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com