अमेरिकी नागरिकता नीति फेरिँदै: जन्मकै आधारमा नपाइने


प्रकाशित मिति : कार्तिक १५, २०७५ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा अमेरिकी नागरिकता प्राप्त गर्ने अधिकार परिवर्तन गर्ने बताएका छन् ।

आप्रवासनसम्बन्धी कडा नीति अख्तियार गर्दै आएका राष्ट्रपति ट्रम्पले उक्त अधिकार अन्त्य गर्ने कार्यकारी आदेशमा आफूले हस्ताक्षरको तयारी गरेको मंगलबार जनाएका हुन् । राष्ट्रपतिको यो कदम आप्रवासीविरुद्ध हालसम्मकै कडा भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पले त्यसका लागि प्रक्रिया सुरु भइसकेको जनाउँदै अमेरिकी कंग्रेसले आफूलाई साथ दिने विश्वास व्यक्त गरेको वासिङ्टन पोस्टले जनाएको छ । ट्रम्पले भने, ‘हामी कंग्रेसको समर्थनमा यो गर्न सक्छौं तर मानिस चाहन्छन् कि मैले कार्यकारी आदेशमार्फत गरूँ ।’

आफ्नो कदमको प्रतिरक्षामा ट्रम्पले ‘अमेरिका विश्वमै एक मात्र जन्मका आधारमा नागरिकता दिने देश भएको’ दाबी गरे । तर हाल ३३ देशले कुनै सर्तबिना जन्मकै आधारमा नागरिकता दिने गर्छन् । त्यसमध्ये क्यानडा, मेक्सिको, ब्राजिल, अर्जेन्टिना लगायतका अमेरिकी देशहरू छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘एउटा मानिस अमेरिका प्रवेश गर्छ, उसले वच्चा जन्माउँछ र त्यो बच्चा बिनाकुनै सर्त ८५ वर्षसम्म अमेरिकाको नागरिक हुन्छ,’ ट्रम्पले भने, ‘यो निकै हास्यास्पद छ । यसको अन्त्य हुनै पर्छ ।’

अमेरिकी संविधानको १४ औं संशोधनको मर्म अनुसार आप्रवासन र राष्ट्रियता ऐनमा अमेरिकी भूभागमा जन्मेका व्यक्तिले स्वत: नागरिकता पाउने प्रावधान छ । सन् १८६८ मा गरिएको संशोधनमा ‘अमेरिकामा जन्मेका वा प्राकृतिक रूपमा उत्पन्न रहेका व्यक्ति अमेरिकाको नागरिक हुनेछन्’ भन्ने उल्लेख छ । राष्ट्रपतिको आदेशपछि संविधानको उक्त व्यवस्थाबारे बहस उत्पन्न हुने ठानिएको छ ।

ट्रम्पले आगामी महिना हुने अमेरिकी मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा महत्त्वपूर्ण निर्णय गर्न लागेका हुन् । निर्वाचनलाई रिपब्लिकनहरूले आप्रवासन नीतिको जनमतसंग्रहका रूपमा समेत व्याख्या गर्ने गरेका छन् ।

सोमबार राष्ट्रपति ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा ‘अमेरिकामा नयाँ जीवन चाहने मेक्सिकन शरणार्थीलाई राम्रो पालमा राखिने’ बताएका थिए । ट्रम्प प्रशानसनले त्यसका लागि ‘पाल सहर’ बनाउन लागेको जनाएको थियो ।

मेक्सिको सीमामा ५२०० सेना
वासिङ्टन (बीबीसी)– मध्य अमेरिकी देशका हजारौं आप्रवासी मेक्सिकोको बाटो हँुदै उत्तरतर्फ बढिरहँदा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सीमा क्षेत्रमा ५ हजार २ सय सेना खटाएको छ ।

सैनिक जेनरल टेरेन्स ओसोनुसीले ‘अप्रेसन फेथफुल प्याट्रियोट’ नामक सुरक्षा अभियान अमेरिकाका टेक्सास, एरिजोना र क्यालिफोर्निया राज्यमा केन्द्रित हुने बताए । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीले ‘अतिक्रमणको प्रयास गरे अमेरिकी सेनाले सामना गर्ने’ चेतावनी दिएका थिए । मेक्सिको हुँदै अघि बढिरहेका आप्रवासीहरू अमेरिकी सीमाबाट करिब १ हजार ५ सय किलोमिटर टाढा छन् । ओसोनुसीले सीमा सुरक्षा बललाई सघाउने गरी अस्त्र, हेलिकप्टर, हवाईजहाज, सुरक्षा तारवारसहित फौज परिचालन गरिने बताए ।

यसअघि सीमामा करिब एक हजार सैनिक पठाउने जनाइएको थियो । वाल स्ट्रिट जर्नललाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार उक्त फौजको संख्या सिरिया र इराकमा तैनाथ अमेरिकी सेनाको भन्दा बढी हुनेछ ।

यसअघि ट्रम्पको आदेशअनुसार मेक्सिकोको सीमाक्षेत्रमा ‘नेसनल गार्डका’ २ हजारभन्दा बढी सदस्य तैनाथ छन् । नोभेम्बर ६ मा हुने चुनावी नतिजा आफ्नो पक्षमा पार्न डेमोक्रयाटले आप्रवासीको विषयलाई प्रयोग गरेको देखिन्छ । ट्रम्पको रिपब्लिकन पार्टीले दुवै सदनमाथिको आफ्नो नियन्त्रण डेमोक्रयाटको पोल्टामा जान नदिन प्रयास गर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com