युएइबाट दशैँमा घर आउने बाचा गरेका एक नेपालीको निधन


प्रकाशित मिति : आश्विन २९, २०७५ सोमबार

रोजगारीका लागि युएई रहेका एक नेपालीको सुतिरहेको अवस्थामा ज्यान गएको छ। पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ गोदामका २९ वर्षीय प्रेमबहादुर बस्यालको सुतिरहको अवस्थामा मृत्यु भएको हो।

तीजको दिन घरमा टेलिफोन गरेर आमाबाबुसँग दुःख सुख साटासाट गरेका थिए। दशैँ मनाउन घर आउने योजनामा रहेका बस्यालको निधन भएसँगै घर परिवारसहित सिँगो गाउँ नै शोकमा डुबेको छ। पैसा कमाएर घर फर्किन्छु भनेको छोराको एक्कासी मृत्युको खबर आएपछि आमाबाबु अचेत बनेका छन्।

चौध महिना अघि युएई पुगेका बस्यालको शव सोमवार नेपाल आईपुगेको छ। मृतक बस्यालका तीन वर्षीय एक छोरा, श्रीमती र बृद्ध आमाबाबु मात्रै रहेका छन्। १४ महिना अगाडि धन कमाउन युएई गएका एकमात्रै छोराको निधन भएसँगै उनका बुढा बाबुआमा र श्रीमती अझै अचेत रहेको स्थानीयले बताएका छन्।

गत भदौ २८ गते तीजाको दिन राती खाना खाएर सुतेका बस्यालको सुतेकै ठाउँमा मृत्यु भएको हो। युएईको एक अस्पतालमा सहयोगीको रुपमा कार्यरत बस्यालको हृदयघातका कारण मृत्यु भएको जनाइएको छ। मृत्यु भएको १८ दिनपछि शव गत सोमबार नेपाल आईपुगेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com