२८ वर्षअघि नर्सले बचाएको बच्चा डाक्टर बनेर त्यही अस्पतालमा आएपछि भावुक बन्यो माहोल


प्रकाशित मिति : आश्विन २३, २०७५ मंगलबार

अमेरिकाको क्यालिफोर्नियास्थित ल्युसज प्याकर्ड बाल अस्पतालमा विल्मा वाङ नर्सका रूपमा काम गर्छिन् । अट्ठाईस वर्षअघि उनी आफ्नो दैनिक काम गरिरहँदा समयअगावै जन्मेको बच्चालाई राम्रो देखभाल गर्थिन् ।

विल्मा नवजात शिशुहरूको हेरचाह गर्छिन् र धेरै पहिले उनले आईसीयूमा जिन्दगीको लडाईं लडिरहेको बच्चाको स्याहार गरिन् । उनले सोचेकी पनि थिइनन् होला, लगभग तीन दशकपछि तिनै बालक त्यही अस्पतालमा चिकित्सक बनेर फर्किनेछन् र दुवैले सँगै काम गर्नेछन् ।

चवन्न वर्षकी विल्माका लागि यो अनुभव भावुक बनाउने किसिमको थियो । अस्पतालमा सन् १९९० मा २९ हप्तामै जन्मेका बच्चालाई उनले खुबै सेवास्याहार गरेकी थिइन् । त्यही बच्चा उनको सहकर्मी बन्न आइपुगेको थियो ।

डक्टर ब्रान्डन सेमिनातोरलाई विल्मालाई चिनिहाले । ब्रान्डन चाहिँ विल्मा आफूलाई कसरी चिन्छिन् भनी थाहै पाएनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ब्रान्डन अस्पतालमा बाल स्नायु विशेषज्ञका रूपमा आएका हुन् । विल्मा भन्छिन्, ‘ब्रान्डनले बच्चाहरूको स्याहार गर्दा मैले उनको नाम सोधें । उनको थर मलाई चिनेको जस्तो लाग्यो । मैले उनलाई ठेगाना र अन्य कुरा सोधें । उनले आफू समयअगावै जन्मेको र राम्रो स्याहारका कारण बाँचेको बताए ।’

विल्मा थप्छिन्, ‘सबै कुरा मिल्दै आएको जस्तो मलाई लाग्यो । मैले उनलाई तपाईं सान जोसेमा बस्नुहुन्छ अनि तपाईंको बुवा प्रहरी अधिकारी हो भनी सोधें । अनि ब्रान्डन शान्त भए र उनले तपाईं नर्स विल्मा हो भनी सोधे । हामी दुवैका लागि यो भावुक र स्मरणीय क्षण रह्यो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com