अमेरिकाले मानिसले हालसम्म अनुमान गरेको भन्दा तीव्र गतीको हाइपरसोनिक विमान बनाउने


प्रकाशित मिति : आश्विन २२, २०७५ सोमबार

अमेरिकाले मानिसले हालसम्म अनुमान गरेको भन्दा तीव्र गतीको हाइपरसोनिक विमान बनाउने अमेरिकी रक्षा सहायक मन्त्री प्याट्रिक सानाहानले बताएका छन् । हाइपरसोनिक विमानको विकासमा अमेरिकी प्रयासका लागि आगामी रक्षा बजेटमा अनुरोध गरिने पनि उनले बताए ।

“हामीहरु कठिन, चलाख, उच्च भार वहन गर्न सक्ने लगायका काम गरिरहेका छौ,” उनले बताए । हाइपरसोनिकको विकिासका लाग भगिनी सेवा शाखाहरुसँग संयुक्त प्रयास हुने उनको भनाई थियो ।

हाइपरसोनिक हतियार म्याक ५ वा यो भन्दा पनि तीव्र दरमा उड्न सक्छ । यसको गती आवाजको तुलनामा ५ गुणा छिटो वा प्रति सेकेन्ड १ माइलको गतीमा उड्न सक्छ । मार्च महिनामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ परमाणु र हाइपरसोनिक हतियार विकास भएको घोषणा गरेका थिए । उनले राष्ट्रलाई गरेको सम्बोधनको समयमा यो हतियारलाई अरुले परास्त गर्न नसक्ने बताएका थिए । यो हतियारमा परमाणु उर्जाको क्रुज मिसाइल पनि बोक्ने सकिन्छ । यो परमाणु मिसाइललाई परमाणु उर्जाको पानी मुनीको ड्रोन र नयाँ हाइपरसोनिक मिसाइलको नाम दिइएको छ ।

अगस्टमा चीनले पनि पहिलो पटक हाइपरसोनिक विमानको सफल परिक्षण गरेको घोषणा गरेको थियो । यो उपलव्धी अमेरिकाले अझै हासिल गर्न बाँकिनै रहेको छ । “हामी हतियारीकरणको अवस्थाको विकल्प छनौट गर्ने मानिस होइनौ । तर हामीलाई कसैले चुनौती दिन्छ भने यसको प्रतिक्रिया दिन सक्छौ,” पेन्टागनका शीर्ष इन्जिनियर मिचेल ग्रिफिनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“रक्षा विभागले हाल हाम्रो विद्यमान क्षमताको रक्षा गर्ने विषयमा काम गरिरहेको छ,” उनले बताए । नासाका पूर्व प्रशासक ग्रिफिनले चीन र रुसले हासिल गरेको हालको हाइपरसोनिक विमानको अमेरिकाले सामना गर्न नसक्ने बताए । उनले पेन्टागनले अन्तरिक्ष आधारित प्रणालीको विकासलाई गती दिन प्रोत्साहित गरेको बताए ।

चीनले यो हतियार परिचालन गर्न लागेको विषयमा सोधिएको प्रश्नमा बेइजिङको प्रयास मस्कोको विकासको तुलनामा थप सोच्न योग्य भएको उनले बताए । चीनले लामो दुरीका हतियार प्रणालीको विकास गरेकाले आपूmहरु परम्परागत लडाइको अवस्थामा वास्तवमै प्रभावशाली भएको उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com