नादिया : यौनदासीदेखि नोबेल पुरस्कार विजेतासम्म


प्रकाशित मिति : आश्विन २०, २०७५ शनिबार

‘यस वर्षको नोबेल शान्ति पुरस्कार इराकको युद्धग्रस्त गाउँमा हुर्किएकी २५ वर्षीया युवतीले हात पारेकी छिन्। उत्तरी इराकको कोजो गाउँदेखि अमेरिकाको संयुक्त राष्ट्रसंघ भेलासम्म उनको यात्रा संघर्ष र पीडाले मात्रै भरिएको छ । पछिल्लो समय त नादियाले आफूलाई मानव अधिकार अभियन्ताको रुपमा उभ्याइसकेकी छन् । तर छोटो समयमै उनले भोगेको पीडा र लामो यात्रा प्रेरणादायी पनि छ ।

सन् २०१४ को अगस्टमा नादिया १९ वर्ष मात्रै पुगेकी एक स्कुले छात्रा थिइन् । त्यसबेला उनले आफ्नै गाउँ कोजोमा इस्लामिक स्टेटको भयानक हमला देखिन् । त्यसबेला इस्लामिक स्टेटको हमलामा परी उनले आफ्नै परिवारका ६ जना दाजुभाइ र आमालाई गुमाउनु पर्यो । यही बेला पनि नादिया इस्लामिक स्टेटको अपहरणमा परिन् । इस्लामिक स्टेटको अपहरणमा परेका ६ हजार ७ सय भन्दा बढी अपहरित याजिदी महिलामध्ये नादिया एक थिइन् ।

नादियालाई मोसुल सहरमा यौन दासी बनाएर राखियो । नादियाले मिडियालाई दिएको अन्तरवार्ताअनुसार त्यसबेला उनलाई निर्मम हुनेगरी पिटियो र बलात्कार गरिन्थ्यो । एक दिन उनको मालिकले ढोका खुल्लै राखेको समय पारेर नादिया त्यहाँबाट भागिन् ।

तीन वर्षपछि सन् २०१७ को जुन १ मा उनी आफ्नो गाउँ कोजो फर्किन् । त्यसपछि उनी उत्तरी इराक इराकको दुहोक शरणार्थी क्याम्पमा पुगिन् । फेब्रुअरी २०१५ मा नादिया बार्ङ्गा शरणार्थी क्याम्पमा बसिरहेको बेला केही पत्रकारलाई पहिलो पटक आफ्नो पीडादायी यथार्थ सुनाइन् । यस क्रममा सन् २०१५ मा जर्मन सरकारले प्रायोजन गरेको एक कार्यक्रमअन्तरगत यहाँका एक हजार पीडित तथा शरणार्थी महिलाका लागि नयाँ घर बनाइदिने भयो । यसको फाइदा नादियालाई पनि मिल्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१५ डिसेम्बर १६ को दिन नादियाले यूएनको राष्ट्रिय सुरक्षा परिषदमा मानव बेचबिखन र द्धन्द्ध विषयमाथि आफ्नो धारणा राख्न पाइन् । र मानव बेचबिखनमाथि यूएनमा यही पहिलो बहस थियो । अब मुरादले एम्बेसडरको रुपमा विश्वभर र स्थानीय स्तरमा शरणार्थी तथा मानवबेचबिखन विषयमा सम्बोधन गर्नेछिन् । संसारकै प्रतिष्ठित मानिने नोबेल शान्ति पुरस्कार पाउने दोस्रो कान्छी युवती हुन् नादिया ।

यौन हिंसा अन्त्यका लागि प्रयास गरेवापत सन् २०१८ मा नोबेल शान्ति पुरस्कार पाएकी हुन् । यस वर्षको नोबेल शान्ति पुरस्कार नादिया र कंगोका डेनिस मुकेगेले संयुक्त रुपमा पाएका हुन् ।

Himalayan Kangaroo

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com