जापानमा राजदुतनै नेपाली ठग : जापान बसेर करोडौं ठग्ने गोविन्द तिवारीलाई बचाउन देउवाकी सासुको पनि संलग्नता !


प्रकाशित मिति : आश्विन १९, २०७५ शुक्रबार

इन्टरपोलले रेड नोटिश जारी गरेका करोडौं ठगेर जापानमा बसिरहेका गोविन्द तिवारीलाई बचाउन जापान स्थित नेपाली दुतावासको पनि संलग्नता देखिएको छ । सीधाकुरा टिम जापानमा छँदा जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले २ मिनेट फोनमा पनि समय दिईनन् ।

राजदुत राणाले हाम्रो टिमलाई नभेटेपनि जापान प्रहरीको अन्तराष्ट्रिय अपराध हेर्ने ३ जना प्रहरी अधिकारीले हामीलाई गोविन्द तिवारी, तिलक मल्ल र अन्य अपराधमा संलग्न भएका व्यक्तिहरुका बारेमा जानकारी दिए । प्रहरीका अनुसार तिवारीलाई संरक्षण गर्ने तिलक मल्ल विरुद्ध ११ ओटा केश प्रहरीमा छन् ।

हामीले कार्यक्रममा यहि विषयलाई राखेपछि जापानमै रहेका तिलक मल्लले प्रेस विज्ञप्ती जारी गर्दै गलत समाचार प्रशारण गरेको आरोप लगाए । मल्ल तिनै व्यक्ति हुन जसले गोविन्द्र तिवारीबाट ठगिएका सबै व्यक्तिहरुको पैसा दिलाउन सहयोग गर्ने भन्दै पत्रकार सम्मेलननै गरेका थिए ।

यति मात्र होईन तिलक मल्ल र उनका छोरा सुर्दशन मल्लले जापान लगिदिन्छु भन्दै ठेगेका अन्य व्यक्तिहरु हाम्रो सम्पर्कमा आएका छन् । चितवन निवासी मीरा ढुंगाना, नारायण कँडेल र बिष्णु पौडेलले जापान जाने भन्दै तिलक मल्लाका छोरा सुर्दशन मल्ललाई दिएको पैसा अझै फिर्ता पाएका छैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनिहरुले ठगेका अन्य व्यक्ति पनि हाम्रो फोन सम्पर्कमा आएका छन् । पीडितहरुले तिलक मल्लका छोरा सुर्दशन मल्ल विरुद्ध प्रहरीमा निवेदन पनि दियो । स्मरण रहोस् सुर्दशन मल्ल विरुद्ध प्रहरीले डिफ्युजन नोटिश जारी गरेपछि बुवा तिकल मल्लले छोरा सुर्दशनलाई जापानमा संगै राखेका छन् ।

तिलक मल्लले गोविन्द तिवारीको सवै पैसा तिरिदिने भन्दै तत्कालीन माओवादीका नेता सुवास बिकलाई पीडितसवैस“ग काजग गरि चेक दिन लगाए ।अमृता ढकालसहित अन्य पीडितलाई असार १५ गते भित्र पैसा दिने भनिएपनि अहिले सम्म पैसा दिएको छैन् । सुवास विकले काजग गरे अनुरुप पीडितहरुलाई पैसा फिर्ता नदिएपछि चितवन प्रहरीले उन्लाई चैत्र १ गते पक्रउ ग¥यो । तर उनले फेरी पनि एक महिनामा सबैको पैसा तिर्ने भन्दै प्रहरीको फन्दाबाट फुत्किए ।

अहिले आएर तिलक मल्ल भने पीडितहरुलाई आफुले सुवास मार्फत पैसा दिईंसकेको बताउँछन् । यति मात्र होईन तिलक मल्लका छोरा सुदर्शन मल्ल पीडितहरुलाई मुद्धा गर्न सिकाएको भन्दै अमृता ढकाललाई गाली गलौच गर्दै धम्की दिईरहन्छन् ।

गोविन्द तिवारी र तिलक मल्लबाट ठगिएकाहरु अहिले पनि बैदेशिक रोजगार बिभाग र प्रहरीकोमा धाईरहेका छन् । उता जपानमा तिवारी भने दुतावासमा आफ्नो सम्बन्ध रहेको भन्दै नाच्दै बसेका छन् ।

कतिसम्म भने गोविन्द तिवारीले अमेरिका पठाईदिन्छु भनि ठगेका पोखराकी नीशा केसीलाई भिडियो कलमा राजदुत प्रतिभा राणालाई देखाएको दाबी गर्छन् । यसबाट के प्रष्ट हुन्छ भने नेपाल प्रहरी, बैदेशिक रोजगार विभाग र इन्टरपोलले जापानमा लुकेर बसेका ठगहरु नेपाल पठाउन सहयोग गर्न पटक पटक पठाएको यि पत्रको किन बेवास्ता गरिन्छ ।

उता गोविन्द तिवारी विरुद्ध जारी गरिएको रेड नोटिशमा नेपाल प्रहरीले उनको जन्ममिति नै गलत गरि पठाएपछि उन्लाई खोज्न असजिलो भएको जपान प्रहरीले जनाएको छ । रेड नोटिशमा सन १९८६ डिसेम्बर ६, हुनु पर्ने जन्म मितिमा नेपाल प्रहरीले सन १९८६ डिसेम्बर ५ पठाएपछि तिवारी सजिलै जापानबाट भाग्न सफल भएका हुन् ।

जापान इमिग्रेसनको रेकर्ड हेर्दा तिवारी २०१८ जुन ३ तारिकका दिन जापान छाडेका छन् । त्यसपछि उनि जापान फर्केको रेकर्ड देखिदैन् ।

न्युज २४ बाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com