इन्डोनेसियामा ज्यान गुमाउनेको संख्या ८३२ पुग्यो


प्रकाशित मिति : आश्विन १५, २०७५ सोमबार

इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेहरूको संख्या ८३२ पुगेको छ। स्थानीय अधिकारीहरूले खोजी र उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने जनाएका छन्। इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु शहरका भित्री इलाकासम्म उद्धारकर्ताहरू अझै पुग्न बाँकी रहेकाले मृतकको संख्या हजारभन्दा बढी हुनसक्ने बताए।

मृत्यु भएकामध्ये अधिकांश पालु नगरका स्थानीय बासिन्दा रहेका छन्। सयौँ घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीले जानकारी दिएका छन्। अस्पतालका भवनहरूमा पनि क्षति भएकाले घाइतेहरूको उपचार खुला ठाउँमा त्रिपाल टाँगेर भइरहेको छ। कतिपय मृत्यु भएकाहरूको शव सडकमै छरिएको अवस्थामा भेटिएको छ। भूकम्प र त्यसपछिको सुनामीका कारण ५ सयभन्दा बढी घाइते भएका छन्।

इन्डोनेसियाको तटीय शहर पालुमा शुक्रबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएसँगै आएको सुनामीले व्यापक क्षति गरेको छ। प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयंसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका काम पनि गरिरहेका छन्। पालु नगरका भग्नावशेषहरूमा कयौँ मानिसहरू हराइरहेको अनुमान गरिएको छ। भूकम्प र सुनामीले बस्ने घरहरू, विद्यालय, मस्जिद, अस्पताल, होटल र पसललगायतका भौतिक संरचनामा क्षति गरेको छ। अधिकारीहरूले अझै पनि शक्तिशाली परकम्प आउनेक्रम जारी रहेको बताएका छन्।

यसैवर्ष लोम्बोकमा आएको शक्तिशाली भूकम्पमा परी ५ सय ५० भन्दा बढी मानिस मारिएका थिए। डिसेम्बर २००४ मा गएको ९.१ म्याग्निच्युडको भूकम्प र सुनामीका कारण इन्डोनेसियामा १ लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो। शुक्रवार आएको भूकम्पपछि घर जलमग्न भएका छन्। ३ लाख ५० हजार जनसंख्या भएको तटीय शहर पालुका घर बगेका छन्। मारिनेमा ११ जना डोंगगालाका छन् भने ८२१ जना पालुका बासिन्दा छन्। कैयौं विदेशी नागरिक बेपत्ता छन्। बेपत्ता भएकामा १ फ्रान्सेली, १ दक्षिण कोरियालीलगायतका छन्। पालुमा विद्युत् र दूरसञ्चार सेवा ठप्प छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जापानमा आँधी, ५० घाइते

कागोसिमा : जापानमा आइतबार आएको शक्तिशाली आँधीका कारण ५० जनाभन्दा बढी घाइते भएका छन्। मौसमविद्ले तीव्रवेगको आँधी र मुसलधारे वर्षाका कारण बाढी र पहिरोले थप क्षति गर्ने सम्भावना बढेको जनाएका छन्। ‘तुफान त्रामी’ नाम दिइएको यस आँधीले पश्चिमी जापानको बुलेट ट्रेनलाई पनि प्रभावित बनाएको छ। त्यसैगरी झण्डै एक हजार उडान रद्द गरिएका छन् भने अन्य विभिन्न सेवामा पनि आँधीको असर परेको छ।

आइतबार साँझदेखि टोकियोसहित त्यस आसपासको ठूलो क्षेत्रमा प्रभाव देखिएको छ। आइतबार बेलुका टोकियोमा रेलसेवा बन्द गरिएको छ। स्थानीय समय अनुसार बेलुका छ बजेतिर ओसाका क्षेत्रमा आँधी आएको थियो। शक्तिशाली आँधी शनिवार ओकिनावामा पनि आएको थियो। आँधीका कारण थुप्रै घर तथा भौतिक संरचनामा क्षति पुगेको छ भने ५० भन्दा बढी घाइते भएका छन्।

अहिलेसम्म कसैको मृत्युको खबर नआएको अधिकारीहरूले बताएका छन्। सरकारी सञ्चार माध्यमले जनाएअनुसार झण्डै तीन लाख घरमा विद्युत् सेवा अवरुद्ध भएको छ। आँधी आएका बेला बाहिर ननिस्कन अधिकारीले चेतावनी दिएका छन्। मौसम विज्ञान अधिकारीहरूले यो आँधी गत महिना आएको आँधीभन्दा ठूलो हुनसक्ने र २५ वर्षयताकै शक्तिशाली हुने सम्भावना रहेको बताएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com