अष्ट्रेलियामा बस्ने थारुहरुको संगठन ‘थारु सोसाइटी’ गठन, अध्यक्षमा दीपनारायण चौधरी


प्रकाशित मिति : आश्विन १०, २०७५ बुधबार

अष्ट्रेलियामा बस्ने नेपालीहरु आफ्नो समुदायको हकहित तथा समृद्धिको लागि विभिन्न संघ संस्था गठन गरि एकताबद्ध भएर अगाडी बढिरहेका छन् । अष्ट्रेलियामा बस्ने थारु समुदायले पनि ‘थारु सोसाइटी अष्ट्रेलिया ‘ गठन गरेको छ ।

थारु समुदायलाई एकतामा बाँध्दै, एक-आपसमा सहयोग, आफ्नो मौलिक पहिचानको संरक्षण तथा समग्र समुदायको उन्नतीको लागि संस्थाको गठन गरिएको हो । सिड्नीमा एक भेला आयोजना गरि गठन गरिएको यस संस्थाका शाखाहरु अष्ट्रेलियाका अन्य ठाउँमा पनि गठन गरिने बताइएको छ ।

भेलाबाट गठन गरिएको संस्थाको कार्यसमितिको अध्यक्षमा दीपनारायण चौधरी चुनिएका छन् । त्यस्तै, संस्थाको उपाध्यक्षमा साइमन चौधरी, निमेष चौधरी, महासचिवमा पृथ्वी चौधरी, सहसचिवमा सोपिया चौधरी, कोषाध्यक्षमा रिन्कु चौधरी, सहकोषाध्यक्षमा शिशिर चौधरी र
सदस्यहरुमा रितु चौधरी, मुक्ति नारायण चौधरी, सुमन चौधरी, सन्तोष चौधरी, मधुकर चौधरी, रञ्जना चौधरी, अविनाश चौधरी चुनिएका छन्।

विभिन्न विभाग छुट्टाएर गठन गरिएको कार्यसमितिको संयोजकमा मिश्र कुमारी चौधरी, सहसंयोजकमा सुनिता चौधरी, पब्लिक रिलेशन अफिसरमा अरुण चौधरी, सांस्कृतिक सचिवमा मनोरमा चौधरी, खेलकुद सचिवमा विनोद चौधरी र आइटी कोअडिनेटरमा उमेश चौधरी छन्।

Himalayan Kangaroo

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com