सीमाक्षेत्रमा पाकिस्तानको दबदबा : भारतीय अधिकारीहरु धमाधम राजीनामा दिन थाले !


प्रकाशित मिति : आश्विन ७, २०७५ आईतबार

भारत र पाकिस्तान विच लामो समयदेखि लडाई चलिरहेको छ । विवादित जम्मु काश्मिरलाई लिएर दुवै देश बिच अस्तित्वको लडाई चलिरहेको छ । दुई देश बिचको स्वार्थको लडाइको चपेटामा त्यस क्षेत्रका जनताहरु पर्ने गरेका छन । भारत अधीनस्थ काश्मिरका केही प्रहरी अधिकारीहरुले असुरक्षाको कारण देखाई आफूहरु प्रहरी सेवामा नरहने गरी राजिनामा दिएका छन् । उक्त क्षेत्रका दुई दर्जन प्रहरी अधिकारीले आफ्नो पदबाट राजिनामा दिएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पछिल्ला समयमा सशस्त्र हतियारधारी समूहका तर्फबाट भारतीय प्रहरीमाथि आक्रमण बढेको भन्दै उनीहरुले प्रहरी सेवा छोड्न इच्छुक रहेको बताएका हुन् । उक्त क्षेत्रमा पछिल्लो समयमा अज्ञात समूहले आक्रमण बढाएका छन् । पछिल्ला केही दिनयता प्रहरीमाथि ती समूहले गरेका आक्रमणबाट तीनजना वरिष्ठ प्रहरी अधिकारी मारिएका छन् । प्रहरीमाथिको सो हमलापछि पछिल्लो समयमा प्रहरीमा असुरक्षाको त्रास बढेको र जसका कारण प्रहरी अधिकारीहरु नै प्रहरी सेवामा रहेर काम गर्न नसक्ने बताउन थालेका छन् । तर भारतको गृह मन्त्रालयले भने सो समाचारको खण्डन गरेको छ । उक्त मन्त्रालयले प्रहरी अधिकृतहरुबाट त्यस्तो राजिनामा नआएको जनाएको छ ।

भारतीय प्रहरीका अधिकारीहरुले आफूहरुले असुरक्षाका कारण काश्मिरमा काम गर्न नसकेको भन्दै यस जागिरबाट आफूहरुलाई मुक्ति चाहिएको भिडियो सार्वजनिक गरेका छन् । उक्त भिडियोले सामाजिक सञ्जालमा व्यापकता पाएपछि मन्त्रालयको तर्फबाट यो प्रतिक्रिया आएको हो । भारतको गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशन गरी यस समाचारको खण्डन गरेको जनाइएको छ । उक्त मन्त्रालयले ती प्रहरी अधिकारीले प्रहरी सेवामा रहेर काम गर्न इच्छुक नरहेको भनी दिएको भनिएको राजिनामालाई एउटा गलत समाचार भनेको छ । यो समाचार काश्मिरमा रहेर काम गरिरहेका सुरक्षा निकायका विरुद्धमा आएको एउटा ‘प्रोपागाण्डा’ भनी भारतीय गृह मन्त्रालयले शनिबार जनाएको छ । तर पनि शनिबारका भारतीय अखबारहरुमा भने यो समाचार निकै प्राथमिकताका साथ आएको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com