अर्जेन्टिनी फुटबलर लियोनेल मेसीको शैली नक्कल गर्दा भारतका एक फुटबलरको मृत्यु भएको छ । मृत्यु हुनेमा फुटबल खेलाडी सागर दास रहेका छन् । जुनबेला घटना भयो त्यतिबेला २० वर्षीय सागर स्थानीय फुटबल खेलिरहेका थिए। सागर मेसीका खूब फ्यान थिए । उनी मेसीलाई आदर्श मान्थे । उनी मेसी जस्तै बन्ने चाहना थियो तर अफशोच उनको सपना पुरा हुन सकेन।
भारतीय संचार माध्यमले जनाएअनुसार मेसीले नाइजेरियाविरुद्ध गोल गरेको शैली सागरले अपनाएका थिए । मेसीले जसरी बल छातीमा लिएर विश्वकपमा पहिलो गोल गरेका थिए ।त्यही अनुसार उनले पनि त्यही मुभलाई कोसिस गर्दा सन्तुलित भएन र फुटबल उनको छातीमा लाग्यो। उनी त्यही बेहोस भए । अस्पतालमा छिटै लगे पनि उनको श्वास समाप्त भइसकेको थियो।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।