अष्ट्रेलिया आउनुअघि नेपाली विद्यार्थीले ध्यान दिनुपर्ने ५ टिप्स


प्रकाशित मिति : आश्विन ४, २०७५ बिहीबार

अष्ट्रेलिया अहिले धेरै नेपाली विद्यार्थीहरुको हब नै बनेको छ । हरेक वर्ष थपिदै गएको संख्याले यसलाई प्रमाणित गर्दछ । तर अष्ट्रेलियामा नेपाली विद्यार्थीको संख्यासँगै उनीहरुका विभिन्न समस्याहरु पनि बढ्दै गएका छन् । यहाँको बारेमा राम्रोसँग नबुझी हचुवाको भरमा आउने विद्यार्थीहरु अझ बढी पीडित बन्ने गरेका छन् ।

अहिलेको परिस्थितिमा नेपाली विद्यार्थीहरुले अष्ट्रेलिया आउनुअघि निम्न कुराहरुमा गम्भीररुपमा ध्यान पुर्‍याउनु जरुरी देखिन्छः

१. अष्ट्रेलिया आउनुको उद्देश्यमा प्रष्ट हुन आवश्यक छ । यदि पढाइ सकेर यतै बस्ने उद्देश्य हो भने त्यही अनुसारको विषय, डिग्री र स्थान रोज्नुपर्छ । त्यो स्थितिमा पीआरलाई केन्द्रमा राखेर अध्ययनको योजना बनाउनुपर्छ ।

२. अष्ट्रेलिया बसाइँ सर्ने उद्देश्य नभई राम्रो शैक्षिक डिग्री लिएर नेपाल फर्कने उद्देश्य हो भने नेपालमा स्कोप भएको विषयलाई ध्यान दिनुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

३. विश्वविद्यालय छान्दा ‘वर्ल्ड र्‍याङ्किङ’ वा ‘टाइम हाइअर एजुकेशन र्‍याङ्किङ’ नहेरी माथिल्लो स्तर भएकालाई सकेसम्म प्राथमिकता दिनुपर्छ । हुन त समग्र विश्वविद्यालयको स्तर र आफूले चाहेको खास शैक्षिक कार्यक्रमको स्तर फरक पर्न सक्छ । तापनि समग्र विश्वविद्यालयको स्तर नबुझी कार्यक्रमका बारेमा निर्णय लिनु राम्रो हुन्न ।

४. कस्तो शहरमा जाने भन्ने बारेमा पनि प्रष्ट हुनुपर्छ । सिड्नी र मेलवर्नका वाटर फ्रन्ट र ठूला संरचना भएका फोटो हेरेर पछि अध्ययन गर्ने बेलामा सानो गाउँले बस्तीमा भएको क्याम्पसमा पुगियो भने बिल्कुल अनपेक्षित अवस्था आउँछ र समस्या हुन्छ ।

५. शैक्षिक परामर्श लिँदा आफ्नो उद्देश्य र परिवेशलाई प्रष्ट राख्नुपर्छ । हुन त अष्ट्रेलिया सरकारले विद्यार्थीहरुलाई स्वतन्त्ररुपले युनिभर्सिटी भर्ना हुन उत्प्रेरित गरेको छ । तथापि एजेन्टहरुले सल्लाह दिन सक्छन् । तर, सल्लाह लिने क्रममा आफू प्रष्ट भएन भने सल्लाह गलत हुन सक्छ । यसो भएर दुःख पाइरहेका विद्यार्थीहरु पनि प्रशस्त भेटिन्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com