जापान पठाईदिने भन्दै २७ जना ठग्ने पक्राउ, १ करोड ३१ लाख ५० हजार ठगि


प्रकाशित मिति : भाद्र २६, २०७५ मंगलबार

जापानमा सरकारी कोटामा कृषि सम्बन्धी कामको लागि पठाई दिन्छु भनी ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१३ बस्ने ३३ वर्षीय सबिन प्रकाश दनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

दनुवारले विमान सेक्यूरिटी एण्ड सर्भिस प्रालिको अध्यक्ष र सञ्चालक हुँ भनी प्रतिव्यक्ति ७ लाखदेखि १२ लाखसम्म उठाई २८ जना भन्दा बढी व्यक्तिहरूबाट १ करोड ३१ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएपछि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले दनुवारलाई आइतबार काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो । दनुवारलाई थप अनुसन्धानको लागि जिल्ला अदालत काठमाडौंमा सोमबार बुझाइएको छ ।

सोही मुद्दामा पीडितहरूको उजुरीको आधारमा नुवाकोट दुप्चेश्वर-७ की हाल जोरपाटी चामुण्डा वस्ने ३३ वर्षीया सरिता गुरूङ र उदयपुर त्रियुगा नगरपालिका-९ घर भई हाल काठमाडौं नेपालटार बस्ने २३ वर्षीय लालमणि दनुवारलाई २०७४ माघ ८ र ९ गते प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धान पश्चात ठगी मुद्धामा काठमाडौ जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको २०७४ माघ २९ गतेको आदेशले १० लाख धरौटी माग भएकोमा सरिता गुरूङले तिर्न नसकी कारागार चलान भएकी थिइन् र लालमणी दनुवार २०७५ जेठ १५ गते १० लाख धरौटी राखी तारेखमा छुटेका थिए । अभियुक्त सविन प्रकाश दनुवार उक्त मिति देखिनै फरार रहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com