अष्ट्रेलियामा विद्यार्थीहरुले काम पाउने क्षेत्र र काम खोज्ने तरिका


प्रकाशित मिति : भाद्र २४, २०७५ आईतबार

विदेशी विद्यार्थीहरुले अष्ट्रेलियामा पढ्दा हुने एउटा फाइदा भनेको आफ्नो समयलाई व्यवस्थापन गर्दै पार्ट टाइम काम गर्न पाउनु हो । यसले गर्दा विद्यार्थीहरु आर्थिक रुपमा आत्मनिर्भर बन्न सक्छन् ।

विद्यार्थी भिसामा आफ्नो पढाईको सेमेस्टरको अवधिमा,दुई हप्तामा ४० घण्टा काम गर्ने अनुमति हुन्छ । सेमेस्टरहरुकोबिचमा हुने खाली समयमा फुल टाइम काम गर्न पाउँछन् । कामको प्रक्रियालाई सजिलो बनाउनको लागि अष्ट्रेलियाको बैंक खाता खोल्नुपर्छ । सो बैंक खातामा कम्पनीले तलब जम्मा गरिदिन्छ । अष्ट्रेलियाको कर कार्यालयबाट ’ट्याक्स फाइल नम्बर’ लिनुपर्छ । यसले करको नाममा ठगिनबाट बचाउँछ ।

कामदार हक सम्बन्धि थाहा पाउनुपर्छ । काम गर्ने तरिका, अष्ट्रेलियाका कम्पनीहरुका नियम, तलब स्केल, आदिको बारेमा विभिन्न माध्यमबाट पर्याप्त जानकारी लिनुपर्छ । कुनै पनि कम्पनिसंग कामको सम्झौतामा हस्ताक्षर गर्नुपूर्व सम्झौताको प्रत्येक कुरा आफूले बुझ्नुपर्छ र सम्झौता पत्र सबै पढेर मात्र हस्ताक्षर गर्नुपर्छ ।

काम पाइने क्षेत्र

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काम आफ्नो रुचि र सक्षमतामा पनि भर पर्छ । कार्यालय सकेसम्म कलेजदेखि नजिक होस् भन्नेमा ध्यान दिनुपर्छ । यसले गर्दा पढाइ र कामको समय व्यवस्थापन गर्न सजिलो हुन्छ । प्रायः पार्ट टाइम जागिरको लागि धेरै विद्यार्थीहरुले रोज्ने क्षेत्रहरु निम्न छन् ः

–पसल : किरानादेखि बिजुलीका सामानहरु अथवा कपडा पसलहरु ती साना पसलदेखि ठूला डिपार्टमेन्ट स्टोरसम्म हुन सक्छन् ।

–सिनेमा, रेस्टुराँ, होटलहरु, खेलस्थान आदि ।

–कल सेन्टर, पेट्रोल पम्प, सुपरमार्केट र विभिन्न कार्यालयमा प्रशासनिक काम ।

–भाग्यवश आफ्नो पढाइसंग सम्बन्धित कार्यक्षेत्र पनि हुन सक्छन् । जस्तो कि मिडियाको विद्यार्थीले स्थानीय टिभी अथवा रेडियो स्टेशनमा काम पाउन सक्छन् ।

काम खोज्ने तरिका

–आफ्नो शैक्षिक योग्यता, काम अनुभव, भाषा तथा अन्य ज्ञान र सिप , रुची, लक्ष आदि सबै कुराहरु समेटिएको स्केच (रिजुम) बनाउनु पर्छ । त्यसमा कुनै पनि किसिमको गल्ति गर्नुहुँदैन । आकर्षक र व्यवसायिक देखिने हुनुपर्छ । अंग्रेजीलेखाइमा त्रुटी नहोस् भन्नको लागि अंग्रेजी आफू भन्दा राम्रो जानेको व्यक्तिलाई देखाउन सकिन्छ ।

–स्टोरहरुमा आफै गएर म्यानेजरसंग रिक्त पद भएर नभएको सोध्न सकिन्छ । रिक्त पद नभएमा पनि रिक्त पद हुँदाको लागी भनि रिजुम उनीहरुलाई दिएर छोड्नुपर्छ । लगाएको पोशाक आकर्षक र भलाद्मी देखिने हुनुपर्छ । आफूलाई नम्र रुपमा प्रस्तुत गर्नुपर्छ ।

–विभिन्न कम्पनीका वेबसाइटहरु खोजेर करियर अप्सनमा अनलाइन निवेदन पठाउन सकिन्छ ।

–अष्ट्रेलियन जब सर्च वेबसाइटहरुबाट पनि रिक्त पदहरु र कम्पनीहरुको बारेमा थाहा पाउन सकिन्छ ।

–कुनै कुनै शैक्षिक संस्थाहरुले नै विद्यार्थीहरुलाई कम्पनिसंग जोडिदिने काम गर्छन् ।

हिमालयन कङगारु

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com