युएई सरकारले दिएको आममाफी प्रक्रियामा १३ सय नेपाली सहभागी


प्रकाशित मिति : भाद्र २०, २०७५ बुधबार

युएई सरकारले एक महिना अघि खुल्ला गरेको आममाफी प्रक्रियामा १ हजार ३ सय ४० नेपाली सहभागी भएका छन ।

आममाफी प्रक्रियामा धेरैजसो घरेलु काममा युएई पुगेका महिला कामदार सहभागी भएको युईएस्थित नेपाली राजदूतावासले जानकारी दिइको छ । यसरी आममाफी प्रक्रियामा सामेल हुने अधिकांश घरेलु महिला कामदार रहेको दूतावासको भनाइ रहेको छ ।

साउन १६ गतेदेखि सुरु भएको आममाफी प्रक्रियामा अवैध रुपमा बसेर काम गरिरहेको नेपाली कामदारले सहभागिता जनाएको नेपाली राजदूतावास जानकारी दिएको छ ।

मंगलबारसम्ममा दूतावासमा ६ जना नेपाली महिलाले आममाफी प्रक्रियामार्फत राहदानी बनाउन आवेदन दिएको युएईका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विभिन्न कारणले गैरकानुनी रुपमा बसिरहेका आप्रवासी कामदारलाई युएई सरकारले आममाफीको दिने भएको छ। यसका लागि तीन महिनाको समयसीमा दिएको छ।

आममाफी प्रक्रियामा सहभागी भएका करीव ७ सय नेपाली कामदार स्वदेश फर्किएका दूतवासले जनाएको छ।

अवैधानिक रुपमा बसिरहेका नेपाली आममाफीको अवसरलाई सदुपयोग गर्दै भिसा लगाएर वैधानिक बन्ने प्रयासमा रहेको दूतवासको भनाई छ।

राहदानी बिना काम गरिरहेका, कम्पनीबाट भागेर अवैधानिक भएका, श्रम अवधि सकिए पनि स्वदेश नफर्की उतै काम गरिरहेको विदेशी कामदारले आममाफी प्रक्रियामा सहभागी हुन पाउने छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com