शक्तिशाली ताइफुका कारण ९ को मृत्यू, ३०० भन्दा बढि घाइते


प्रकाशित मिति : भाद्र २०, २०७५ बुधबार

जापानमा मङ्गलवारदेखि आएको शक्तिशाली आँधीबाट ९ जनाको ज्यान गएको छ भने घाइते हुनेहरुको संख्या ३०० जनाभन्दा बढि रहेको एनएचके अनलाइनले जनाएको छ । जापानमा २५ बर्ष यताकै शक्तिशाली मानिएको जेबी नामक समुद्री ले जापानका धेरै क्षेत्रमा ठूलो वर्षाका साथै १७२ किलोमिटर प्रतिघण्टाको वेग भएको हावाहुरी पनि ल्याएको थियो । अधिकारीहरूले १० लाखभन्दा बढी मानिसहरूलाई आआफ्नो घर छाडी सुरक्षित स्थलतर्फ जान भनेका छन् ।

भारी वर्षासहितको आँधीको प्रकोपका कारण पश्चिमी जापानमा अधिकांश स्थानमा यातायात पनि ठप्प बनेको छ भने कान्साई अन्तराष्ट्रिय विमानस्थल जलमग्न बनेको छ । एअरपोर्टमा ३००० भन्दा बढि यात्रीहरु रोकिएको समाचारमा उल्लेख छ । बिमानस्थलमा रहेका कयौं बिमानहरुमा पानी पसेपछि तीनीहरुको सञ्चालनमा समय लाग्ने बताईएको छ । अब कहिले बिमानस्थल खुल्ने भन्नेमा केही भन्न नसकिने बिमानस्थल व्यवस्थापनले बताएको एनएचकेले उल्लेख गरेको छ ।

ओशाका बन्दरगाहमा दर्जनौं जहाजहरु बाढीले बगेको एक एक जाहाज पुलमा अड्किदा पुलमा समेत क्षति पुगेको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हावाहुरीका कारण पश्चिम जापानमा केही ट्रकहरु राजमार्गमै पल्टिएको प्रहरीको बताएको छ । जापानी हवाई उडान कम्पनीहरुले मंगलबार राती सम्ममा कम्तिमा ६ सय आन्तरिक उडान अवरुद्ध भएको बताएका छन् ।

त्यस्तै ताइफुकै टोकियो लगायत मध्य जापानका विभिन्न स्थानहरुमा रेल सेवा अबरुद्ध हुँदा लाखौं यात्रुहरु मर्कामा परेका छन् । ठूलो हावाहुरीका साथ अगाडि बढिरहेको ताइफुका कारण क्योतो स्टेशनमा शक्तिशाली हावाहुरीका कारण सिसाको छानो उडाउँदा केही मानिस घाइते भएको बताइएको छ । ओशाकामा विद्युत प्रवाहमा अवरोध हुँदा १६ लाख भन्दा बढि घरहरु विद्युत विहिन बनेको बताइएको छ । टोकियो देखि ओशाकासम्म चल्ने सिनकानसेन पनि बन्द रहेको जापानी संचारमाध्यमहरुले जनाएका छन् ।

खतरनाक हावाहुरीको सम्भावना अझै रहेकाले आवश्यक सतर्कता अपनाउन सूचना जारी गरिएको छ । नागरिकलाई अनावश्यक रुपमा बाहिर ननिस्कन र सरकारी सूचनाहरुलाई मनन गर्न मौसमविद्हरुले सुझाएका छन् ।

उद्धार कार्यमा खट्न सबैलाई आग्रह गर्दै प्रधानमन्त्री सिञ्जो आवेले सतर्कता अपनाउन नागरिकलाई अनुरोध समेत गरेका छन् ।

सन् १९९३ मा ४८ जना मारिने वा बेपत्ता हुने गरी आएको शक्तिशाली आँधीयता यो आँधीलाई उच्च शक्तिशाली मानिएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com