मलेसियामा अवैध आप्रवासी कामदारविरुद्ध धरपकड थाल्यो


प्रकाशित मिति : भाद्र १८, २०७५ सोमबार

नेपाली कामदारको प्रमुख वैदेशिक रोजगारीको गन्तव्य मलेसिया सरकारले अवैधानिक रुपमा काम गरिरहेको आप्रवासी कामदारविरुद्ध देशव्यापी रुपमा धरपकड सुरु गरेको छ।

धेरै आप्रवासी कामदारको चाप भएको बुकित विन्ताङ, कोतराया, जालान पेतालिङ तथा जालान सिलाङ लगायतका क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर धरपकड गरिएको हो ।

अवैध आप्रवासी कामदारलाई स्वदेश फर्कन दिएको मौका ‘थ्री प्लस वान सरेन्डर प्रोग्राम’मार्फत आममाफी कार्यक्रममा सहभागी नभएका विदेशी कामदारमाथि धरपकड सुरु गरेको मलेसियाका अध्यागमन विभागका निर्देशक दातुक मुस्ताफिर अलीलाई उद्धृत गर्दै मलेसियन अनलाइन द स्टारले जनाएको छ।

गत फेब्रअरी १५(फागुन ३) खि मलेसियाले अवैधानिक रुपमा रहेका विदेशी कामदारलाई स्वदेश फर्किनका लागि ‘थ्री प्लस वान सरेन्डर प्रोग्राम’ सञ्चालन गरेको थियो। यो अवधि गत साता सकिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अगस्ट ३१ मा आफूखुसी स्वदेश फर्किन दिएको समयावधि सकिएलगत्तै उक्त प्रक्रियामा सहभागी नभएका आप्रवासी कामदारप्रति अध्यागनले कडा अभियान सुरु गरेको हो।

यसक्रममा गत शनिबारदेखि आइतबार साँझसम्म ९ जना आप्रवासी कामदार पक्राउ परेका छन्।

मलेसियामा करिब ४० लाख विदेशी कामदार रहेको र त्यसमध्ये ४० प्रतिशत अवैधानिक रुपमा बसेर काम गरिरहेको अनुमान मलेसियाको अध्यागमनले गरेको छ।

मलेसियाको यो नीतिबाट अवैधानिक रुपमा बसिरहेका नेपाली कामदार पनि प्रभावित हुनेछन्। उक्त धरपकडमा के कति नेपाली परे भन्नबारे नेपाली दूतावासले खुलाएको छैन।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com