यी १० वर्षकी बच्चीले जोगाइन् अागलागीमा कयौंको ज्यान !
प्रकाशित मिति : भाद्र ७, २०७५ बिहीबार
मुम्बईको परेल क्षेत्रमा बुधबार एक बहुतले भवनमा आगो लाग्यो । उक्त दुर्घटनाको क्रममा एक बच्चीले देखाएको सुझबुझले धेरै मानिसहरुको ज्यान जोगिएको छ ।
हाल यस बुद्धिमत्तापूर्ण कार्यको लागि मानिसहरुले बच्चीको प्रशंसा गरिरहेका छन् ।
१० वर्षकी बच्चीको नाम जेन सदावर्ते हो । उनले आफ्नो स्कूलमा सिकाइएको आगलागी नियन्त्रण र अग्नि सुरक्षाको घरेलू विधिको प्रयोग गरेर परिवार तथा छिमेकीको जिन्दगी बचाइन् ।
सदावर्तेका अनुसार आगलागी हुँदा उनी निदाइरहेकी थिइन् । आगलागीका कारण मासिहरुमा मच्चिएको भागदौडको आवाजले उनी ब्यूँझिइन् ।
सबै मानिसहरु भान्सातर्फ अघि बढिरहेका थिए । तर झ्याल खोल्नासाथ कालो रंगको धुँवाको ठूलो मुस्लो आउन थाल्यो । धुँवाको मुस्लोले मानिसहरुलाई स्वास लिन अप्ठ्यारो हुन थाल्यो ।
जेनले तत्कालै घरमा रहेको कटनको कपडाहरुलाई रुमाल आकारमा च्यातिन् र भिजाएर मानिसहरुमा बाँडिन् । कपडाको यो टुक्राहरुले ‘एयर प्यूरिफायर’(हावालाई छान्ने)को काम ग¥यो ।
यसपछि बच्चीले सबै मानिसहरुलाई दबाव कम भएको कोठामा लगिन् ।
बच्चीको अनुसार दमकलकर्मीले सबैलाई तल आउन भनिरहेका थिए तर उनले मानिसहरुलाई त्यसो नगर्न सुझाब दिइन् । मानिसहरुले उनको सल्लाह माने र स्थिति सामान्य भए पछिमात्र उनीहरु तल आए ।
उनको सुझबुझले गर्दा १२ तल्लामा भएको घटनामा पनि धेरै हताहती हुन पाएन ।
के थियो खास घटना ?
बुधबार मुम्बईको परेलस्थित एक बहुतले भवनको १२ औं तल्लामा आगलागी भएको थियो ।
क्रिस्टल टावर नामक भवनमा बुधबार ८ः३२ आगलागी शुरु भएको जानकारी आएको प्रहरीले बतायो ।
घटनामा जलेर एक वृद्धासहित चार मानिसहरुको ज्यान गयो साथमा २१ मानिसहरु घाइते छन् । आगलागी पछि नियन्त्रण लिइयो । आगो लाग्नुको कारण हालसम्म स्पष्ट भइसकेको छैन । विजुली सर्ट भएर दुरघटना भएको हो कि भन्ने आशंका गरिएको छ ।
बहन्मुम्बई म्युनिसिपल करपोरेशन(बीएमसी) को अनुसार विभागले सन् २०१६ मै बिल्डर र त्यहाँ बसिरहेका ५८ परिवारहरुलाई भवन खालि गर्न सूचना दिएको थियो । तर यस आदेशलाई तत्कालिन समयमा अदालतमा चुनौति दिएर कार्यान्वयन हुन दिइएन । हालसम्म उक्त मामिला अदालतमा विचाराधीन छ ।
दमकल विभागले बुधबार फेरि भवनलाई असुरक्षित घोषित गर्दै यसको बिजुली र पानी काट्न सूचना दिएको छ ।
पुलिससँग यो भवन बेच्ने विरुद्ध आपराधिक मुद्दा चलाउन सिफारिश गरिएको छ ।