कुवेतमा स्याङ्जाका एक युवाको दु:खद मृत्यु


प्रकाशित मिति : भाद्र ४, २०७५ सोमबार

कुवेतमा स्याङ्जाका एक युवाको आइतबार मृत्यु भएको छ। कुवेतको (Al-ennma Real Estate Company) अल-ईन्मा रियल स्टेट कम्पनीमा सेकुरुटी गार्डमा कार्यरत दिपक परीयारको मृत्यु भएको हो।

४४ बर्षिय दिपक २ बर्ष पहिले कुवेत आएका थिए। सधै झै बेलुकी खाना खाएर सुतेको र बिहान उठ्दा सुतेकै स्थानमा मृत्यु भएको सहकर्मी सुदिप कार्कीले हिमाली संचारलाई बताए।

परीयारको अबुहालिफा स्थित कम्पनीकै कोठामा मृत्यु भएको हो । मृतक परियारले ३ दिन देखि अत्यधिक मादक पदार्थ सेवन गरेको बुझिएको छ । यद्यपि मृत्युको कारण भने अझै खुल्न सकेको छैन ।

कुवेतको ग्लोबल बैंकमा सेकुरुटी कम्पनीको सप्लार्समा सेकुरुटी गार्डको काम गरीरहेका दिपक राम्रै कमाई भैईरहेकोले घर बिदा जान क्यानसिल गरेर नियमित काम गरीरहेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्याङ्जा घर भएका दिपकको परिवार केहि समय यता पोखरामा बसोबास गर्दै आइरहेका थिए । मृतक दिपकका एक छोरा र श्रीमती छन ।

उक्त घटनाको बारेमा आइतबार नै नेपाली राजदूतावास कुवेतमा जानकारी गराइ सकिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com