काठमान्डू- केरुङ रेल अध्ययन बारे आगामी साता अन्तिम रुप दिइने


प्रकाशित मिति : श्रावण २९, २०७५ मंगलबार

आगामी साता नेपाल र चीनका सरकारी प्रतिनिधिहरु बिच हुने छलफलले चीनसँग जोड्ने केरुङ – काठमान्डू रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनबारे अन्तिम रुप दिइने बताइएको छ।

चिनियाँ कम्पनीले तयार पारेको प्रतिवेदनमा कठिन भूगोल भएपनि रेलमार्ग निर्माण सम्भव रहेको तर उच्चस्तरको प्रविधि प्रयोग गर्नु पर्ने उल्लेख गरिएको जनाइएको छ।

उक्त प्रतिवेदनलाई अन्तिम रुप दिए लगतै निर्माण कार्यका लागि आवश्यक पर्ने विस्तृत परियोजना प्रतिवेदन बनाउने काम अघि बढाइने सरकारी भनाइ छ।

अध्ययन

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुई देशलाई रेलमार्गले जोड्न नेपाल र चीन सरकार सहमत भए लगत्तै पूर्वसम्भाव्यता अध्ययन शुरु गरिएको थियो।

अध्ययनको जिम्मा दिइएको चिनिया कम्पनीको टोलीले जेठको पहिलो साता नेपाल आएर सम्वन्धित भूभागमा गएर अध्ययन गरेको थियो।

उक्त अध्ययनको प्रतिवेदन तयार भएको जानकारी कम्पनीले नेपाल सरकारलाई गराएको बताइएको छ।

अब नेपाली टोली चीन गएर त्यसलाई अन्तिम रुप दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बताए।

उनले भने “उनीहरुले प्रतिवेदन तयार पारेका छन्। नेपाल र चीनका सरकारी प्रतिनिधिहरु बसेर उनीहरुको प्रतिवेदन हेर्छौ। हाम्रो सरकारकातर्फबाट भए गरेका अध्ययनहरु पनि त्यहाँ राख्छौं र प्राविधिक टोलीसँग छलफल गरेर अन्तिम रुप दिन्छौं।”

उक्त बैठकमा सहभागी हुन सचिव अधिकारीकै नेतृत्वको टोली आगामी शनिबार चीन जाने बताइएको छ।

चुनौतीपूर्ण

करिब १ सय किलोमिटर लामो हुने अनुमान गरिएको उक्त रेलमार्गले हिमाली भूभाग पार गर्नु पर्ने र उक्त क्षेत्र मुनि भारतीय प्लेट तिब्बती प्लेट भित्र घुस्ने क्रम जारी रहेकाले रेलमार्ग निर्माण गर्न निकै चुनौतीपूर्ण हुने ठानिएको थियो।

पूर्व सम्भाव्यता अध्ययनले सम्भावना रहेको तर उच्च प्रविधिको प्रयोगको आवश्यकता ‌औंल्याएको सचिव अधिकारीले बताए।

उनले भने, “सम्भाव्यता अध्ययनमा यो किसिमको भौगोलिक जटिलतालाई चिर्दै कस्तो संरचना बनाउनु पर्छ, त्यसमा के कस्ता अनुसन्धान गर्नुपर्छ भन्ने देखाइएको छ। उच्च प्रविधिको प्रयोग गर्नु पर्छ भन्ने कुरा उल्लेख छ।”

पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनलाई अन्तिम रुप दिए लगतै निर्माणको काम गर्न आवश्यक पर्ने विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम शुरु गरिने बताइएको छ।

उक्त रेलमार्ग निर्माणको लागतका बारेमा भने अहिलेसम्म टुङगो लागिसकेको छैन।

चीन सरकारले अनुदानमा निर्माण गरिदिने आशा नेपाली पक्षको देखिन्छ। चिनियाँपक्षले भने त्यसबारेमा प्रस्ट जवाफ दिएको देखिदैन।

चिनियाँ रेलवे विभागको उच्चस्तरीय टोलीले गरेको प्रारम्भिक अनुमानमा केरुङ – काठमान्डू रेलमार्ग निर्माणका लागि २ सय ८० अर्ब लाग्ने अनुमान गरिएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com