अमेरिका-चीन-रुसबीच अस्त्र बनाउने होडबाजी


प्रकाशित मिति : श्रावण २६, २०७५ शनिबार

शीतयुद्धताका चर्चा हुने गरेको अस्त्रको विकास बिस्तारै वास्तविकतामा परिणत हुन थालेको देखिन्छ।

चीनले गत हप्ता स्टारी स्काइ-२ नामक ‘हाइपरसोनिक‘ विमानको परीक्षण गरेको घोषणा गर्‍यो।

ध्वनिको भन्दा ६ गुणा बढी गति भएको उक्त विमान दुई घण्टामा चीनबाट इक्वेडर पुग्नसक्छ।

रुसले गत महिना मिग-३१ एस विमानले क्यास्पियन सागरको निगरानी गरिरहेको र एप्रिलदेखि किन्जल नामक ‘हाइपरसोनिक’ क्षेप्यास्त्र तैनाथ गरिएको बताएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्षेप्यास्त्र
रुसी रक्षा मन्त्रालयले अन्तरमहादेशीय दूरी तय गर्नसक्ने ‘एभेनगार्ड’ नामक क्षेप्यास्त्र प्रणाली छिट्टै तयार गर्ने बताएको छ।

त्यसको ‘हाइपरसोनिक’ गति प्रतिघण्टा २४,१४० किलोमिटर हुनेछ।

सन् २०१५ मा अमेरिकी वायुसेनाले सन् २०२३ सम्ममा ‘हाइपरसोनिक’ अस्त्रको विकास गरिसक्ने घोषणा गरेको थियो।

तर रुस र चीनले त्यस्तो अस्त्रको विकास गरिसकेको समाचारपछि अमेरिका चिन्तित बनेको बताइन्छ।

हालै अमेरिकी क्षेप्यास्त्र एजेन्सीले सन् २०१९ को बजेटमा ‘हाइपरसोनिक’ क्षेप्यास्त्र प्रणाली विकसित गर्नका लागि १२ करोड डलर माग गरेको थियो।

सन् २०१६ मा सोही प्रयोजनका लागि उसले साढे ७ करोड डलर माग गरेको थियो।

‘हाइपरसोनिक’ अस्त्रका एकजना विज्ञ जर्ज नकुजीले अमेरिकासँग क्षेप्यास्त्र प्रतिरोधी प्रविधि भए पनि नयाँ प्रणालीको सामना गर्नसक्ने उपकरण उससँग नभएको बीबीसीलाई बताए।

वाशिङटनस्थित ‘थिङ्क ट्याङ्क’ सीएएफआईपीको परमाणु नीति कार्यक्रमका सह-निर्देशक जेम्स एक्टनका अनुसार ‘हाइपरसोनिक’ अस्त्रको गति ध्वनिको भन्दा पनि तीव्र हुन्छ।

विशेषज्ञहरू भन्छन्, “सैद्धान्तिक रुपमा यी पाँच, १० र २० गुणाभन्दा बढी तीव्र रूपमा जानसक्छन् वा ध्वनिको गतिभन्दा तीव्र हुन्छ।”

होडबाजी
एक्टनका अनुसार शीतयुद्धपछि नै त्यस्तो अस्त्रको विकास गर्ने आकाङ्क्षा रहिआए पनि त्यसलाई विकसित गर्न कैयौँ चुनौतीको सामना गर्नुपरेको छ।

उनी भन्छन्, “हाइपरसोनिक अस्त्रका लागि सबैभन्दा ठूलो चुनौती तापक्रम हो किनकि तापक्रम बढेपछि त्यो पग्लिने सम्भावना हुन्छ।”

त्यसैगरी लामो दूरी तय गर्नसक्ने र विस्फोट पनि नहुने इन्जिन बनाउने चुनौती रहेको उनको भनाइ छ।

त्यसका साथै रणनीतिक चुनौती पनि रहेको नकुजी बताउँछन्।

उनका अनुसार गति परिवर्तन भइरहने ‘हाइपरसोनिक’ अस्त्रको उडान अनिश्चित हुन्छ। र, त्यसको रक्षाका लागि अमेरिकासहित कुनै पनि मुलुकसँग प्रतिरक्षा प्रणाली छैन।

यद्यपि खुशीको खबर के छ भने यी तीनवटै शक्तिशाली देश त्यसको विकास गर्नसक्छन्।

तर नराम्रो खबर के छ भने सोही बहानामा ‘नयाँ अस्त्र बनाउने होडबाजी’ शुरू भएको छ।

त्यो होडबाजीमा तीनवटा देश सामेल भएको कुरामा एक्टन सहमत छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com