साउदी अरेबिया-क्यानाडा सम्बन्ध थप चिसिँदै,सरकारी वायुसेवाद्वारा टोरोन्टो आउजाउ गर्ने उडानहरू स्थगित


प्रकाशित मिति : श्रावण २२, २०७५ मंगलबार

क्यानाडाले पक्राउ गरिएका साउदी नागरिक अगुवा र महिला अधिकारकर्मीको रिहाइको माग गरेपछि साउदी अरेबियाको सरकारी वायुसेवाले टोरोन्टो आउजाउ गर्ने उडानहरू स्थगित गर्ने जनाएको छन्।

आन्तरिक मामिलामा ‘हस्तक्षेप’ भएको भन्दै साउदी अरेबियाले क्यानाडासँगका सबै व्यापारिक कारोबार बन्द गर्नुका साथै क्यानाडाका राजदूतलाई देशनिकाला गरेको छ।

सन् २०१६ मा क्यानाडा र साउदी अरेबियाबीच तीन अर्ब डलर बराबरको कारोबार भएको थियो।

साउदी अरेबियाको पछिल्लो कदमबारे जवाफ दिँदै क्यानाडाले ‘मानव अधिकारको पक्षमा वकालत गर्न जारी राख्ने’ बताएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रवर्द्धन
साउदी अरेबियामा पक्राउ पर्नेहरूमा जेलमा रहेकी ब्लगर रइफ बादवीकी बहिनी एवम् मानव अधिकारकर्मी समार बादवी पनि छिन्।

क्यानाडाकी विदेशमन्त्री क्रीस्टिया फ्रील्याण्डले कूटनीतिज्ञलाई देशनिकाला गरिएकोमा आफू ‘चिन्तित भएको’ बताएकी छन्।

तर उनले भनिन्, “विश्वभरि महिला अधिकार र अभिव्यक्ति स्वतन्त्रतासहित मानव अधिकारको रक्षाका निम्ति क्यानाडा सधैँ उभिरहनेछ।”

उनले थपिन्, “यी मान्यताहरूको प्रवर्द्धन गर्न हामी कहिल्यै हिचकिचाउने छैनौँ र हामीलाई लाग्छ यो संवाद अन्तर्राष्ट्रिय कूटनीतिका लागि महत्त्वपूर्ण छ।”

सुनिश्चित
त्यसअघि उनका साउदी समकक्षी आदिल अल-जुबैरले क्यानाडाले लिएको अडान ‘गलत सूचनामा आधारित’ भएको भन्दै ट्वीट गरेका थिए।

उनले ‘पक्राउ परेकाहरू साउदी कानून बमोजिम पक्राउ परेको र ती कानूनले उनीहरूको अधिकार सुनिश्चित गरेको’ पनि बताएका छन्।

साउदी अरेबियाकी एक अगुवा महिला अधिकारकर्मी मनाल अल-शरिफले ‘बोलेकोमा’ क्यानाडालाई धन्यवाद दिँदै अरू पश्चिमा मुलुकलाई पनि त्यसै गर्न आग्रह गरेकी छन्।

बिहीवार एउटा ट्वीट गर्दै क्यानाडाकी विदेशमन्त्रीले अधिकारकर्मी बादवीलाई पक्राउ गरिएकोमा आफूलाई निकै ‘चिन्ता’ लागेको बताएकी थिइन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com