फेसबुकवालमा अभिनेता ड्वायनको पोष्ट शेयर गर्दा लखपति बन्नपाउने धन्दाको वास्तविकता


प्रकाशित मिति : श्रावण २०, २०७५ आईतबार

पछिल्लो केही दिन यता तपाईको फेसबुकवालमा प्रसिद्ध अमेरिकी अभिनेता ड्वायन द रक जोहन्सनको नाममा खोलिएको फेसबुक एकाउण्टबाट शेयर भएको पोष्ट देख्नुभएको होला । उक्त पोष्ट शेयर गर्नेले लाखौं अमेरिकी डलर पुरस्कार जित्नसक्ने प्रलोभन दिइएको हुन्छ । तपाईमध्ये कतिले त साँच्चिकै छिट्टै लखपति हुनपाउने प्रलोभनमा शेयर पनि गरिसक्नुभएको होला । यतिसम्म त ठीक छ तर यसभन्दा अगाडि बढ्नुअघि भने यो समाचार पूरा पढ्नुहोला ।

वास्तवमा उक्त पोष्टसँग प्रसिद्ध अमेरिकी अभिनेता ड्वायन द रक जोहन्सनको कुनै सरोकार छैन । भिडियोमा जोहन्सनले बोलेको देखाइएको अडियो पनि नक्कली हो । जोहन्सनको निलो टिकमार्कसहित भेरिफाइड अधिकारिक फेसबुक पेजमा गएर यसको पुष्टि गर्नसकिन्छ ।

यो सबै फेसबुक स्क्यामर अर्थात ठगहरुको तपाईलाई ठग्ने प्रपञ्च मात्र हो । त्यस्त प्रोफाइल र पेज सञ्चालकहरुले तपाईलाई उनीहरुका चित्र र पोष्टलाई शेयर गर्न तपाईलाई आग्रह गर्दछ । त्यसपछि एउटा लिंक दिन्छ र भन्छ–ड्वायन द रक जोहन्सनको पछिल्लो फिल्म डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला । त्यसरी फिल्म डाउनलोड गर्नेमध्ये केहीलाई ड्वायनको तर्फबाट लाखौं डलर नगद पुरस्कारको चिठ्ठा पर्नसक्ने प्रलोभन पनि सँगै बाँड्छ । त्यसकालागि स्क्यामरहरुले तपाईसँग तपाईका नितान्त गोप्य र निजी विवरणहरु माग्न थाल्छन् । त्यसमा तपाईको व्यक्तिगत र आर्थिक दुवै विवरण पर्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साइट सञ्चालकहरुले निशुल्क रुपमा फिल्म वा भिडियो डाउनलोड गर्न पाइने भनिएपनि त्यसअघि तपाईको वैधानिक एकाउण्ट र क्रेडिट कार्डको डिटेल्स माग्छ । त्यही विवरणको आधारमा स्क्यामरहरुले तपाईको क्रेडिट कार्ड र बैंक एकाउन्ट क्षणभरमै निल बनाइदिनसक्छ । बदलामा लाखौं डलर पुरस्कार त होइन बरु तपाईको फेसबुक एकाउन्ट नै ह्याक गरिदिनसक्छन् ।

यस्तो स्क्यामरहरुले ड्वायनको नाममा मात्र होइन टेलर पेरी,ज्यानेट व्याक्सन र विल स्कीथ जस्ता थुप्रै हलिउड सेलिब्रेटीहरुको नाम र फोटो प्रयोग गरेर फेसबुकमा ठगी धन्दा सञ्चालन गर्दै आएको पाइएको छ । त्यसैले यस्ता ठगहरुबाट बच्ने सबैभन्दा उत्तम विकल्प यस्ता पोष्टहरुलाई वेवास्ता गरिदिनु । अर्थात यस्ता पोष्टहरु शेयर,लाइक्स वा कमेन्ट केही गर्नुहुन्न । अझ यस्ता पोष्टहरुको लहैलहैमा लागेर आफ्नो निजी र गोप्य विवरणहरु दिने मुर्खता कदापि नगर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com