उत्तर कोरियाले गरिरहेका काम सकारात्मक छ:राष्ट्रपति ट्रम्प


प्रकाशित मिति : श्रावण २, २०७५ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले गर्ने भनेको निशस्त्रीकरणका लागि कुनै हतार नरहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो– मलाई थाहा छ, उत्तर कोरियाले यसका लागि काम गरिरहेको छ र त्यो काम पूरा पनि हुनेछ । यसका लागि कुनै समय सीमा नराखिएको पनि उहाँले स्पष्ट गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले सम्वाददाताहरुसँग भन्नुभयो– यसका लागि आवश्यक परामर्श र सरसल्लाहहरु भइरहेका छन्, उत्तर कोरियाले गरिरहेका कामहरु सकारात्मक मोडमै छन् ।

उहाँले हेल्सिन्कीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटका क्रममा सो जानकारी गराएको पनि सम्वाददाताहरुले जनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले राष्ट्रपति पुटिनलाई आफूले उत्तर कोरियाली नेता किम जोङ उनसँग यस विषयमा बारम्बार फोनमा पनि सम्वाद गर्ने गरेको जानकारी गराउनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले भन्नुभयो– रुसी राष्ट्रपति पुटिन सधैँ हाम्रो साथमा हुनुहुन्छ, यो प्रक्रियालाई उहाँले सधैँ सहयोग नै गर्नुहुनेछ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच गत जुन १२ मा सिङ्गापुरमा वार्ता भएको थियो ।

सो उच्चस्तरीय वार्ताका क्रममा उत्तर कोरियाली नेता किमले आफूले निशस्त्रीकरणको सिद्धान्त अपनाउने र आणविक परीक्षणको काम अब नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

तर यसप्रति अमेरिकीहरुले प्रश्न गर्ने गरेका छन् । उनीहरुले उत्तर कोरियाले भनेजस्तो काम नगर्ने भन्दै राष्ट्रपति ट्रम्पको आलोचना गरेका छन् ।

उनीहरुले बिनाकुनै समय सीमा निशस्त्रीकरण गर्ने भनेर मात्र उत्तर कोरियाले टारेको भन्दै यसबाट अमेरिकालाई धोका हुन सक्ने बताएका छन् ।

अधिकांश अमेरिकी सञ्चारले पनि उत्तर कोरियाले निशस्त्रीकरणको कार्यक्रम कहिलेसम्म गर्ने हो त्यसको समय आवश्यक पर्ने बताएका छन् ।

यसै जिज्ञासाको जवाफमा राष्ट्रपति ट्रम्पको यो प्रतिक्रिया आएको हो । राष्ट्रपति ट्रम्पले भने सिङ्गापुर वार्तादेखि नै उत्तर कोरियाले निशस्त्रीकरण गर्नेमा आपूm विश्वस्त रहेको बताउँदै आउनुभएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com