ट्रम्पले जुलाइमा सर्वोच्च अदालतका न्यायधिश नियुक्त गर्ने


प्रकाशित मिति : असार १६, २०७५ शनिबार

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतमा नियुक्त गर्ने नयाँ न्यायाधिशको नाम अगामी जुलाइमा घोषणा गर्नुहुने भएको छ ।

जुलाइको ९ तारिखका दिन न्यायाधिशको नामावली घोषणा गर्ने उहाँले शुक्रबार जानकारी दिनुभएको हो ।

“मैले पाँच जना उम्मेदवारमध्येबाट छानेर नियुक्त गर्ने हो, म सबैलाई मन पराउछु, तर सबैलाई नियुक्त गर्न सम्भव छैन,” उहाँले भन्नुभयो ।

अहिलेका न्यायाधिश एन्टोनी क्यान्डी यसै हप्ता अवकास लिने घोषणा गरेकाले नयाँ न्यायाधिश नियुक्त गर्नुपर्ने भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com