यी हुन् मेरिल्याण्डमा पत्रिकाको न्युजरुममा गोली चल्दा मारिने पत्रकारहरु


प्रकाशित मिति : असार १५, २०७५ शुक्रबार

मेरिल्याण्डको अनापोलिसमा रहेको क्यापिटल गजेट दैनिकको न्युजरुपमा नै गोली चल्दा चारजना पत्रकारसहित ५ जनाको मृत्यु भएको छ । सन् १९८४ देखि प्रकाशित हुँदै आएको यो पत्रिकाको कार्यालयमा गोली चल्दा केही बरिष्ठ पत्रकारहरुको ज्यान गएको छ ।

गोलीकाण्डमा ५९ बर्षका सहायक सम्पादक रोबर्ट हियासेनको मृत्यु भएको छ । उनी सन् २०१० देखि हरेक आइतबार क्यापिटल गजेटमा स्तम्भ लेख्दै आएका थिए । बाल्टिमोर सनमा १५ बर्षसम्म काम गरेका उनी अन्य पत्रकारका लागि समेत प्रेरणाका श्रोत थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै गोलीकाण्डमा ६१ बर्षका जेरल्ड फिसम्यानको पनि ज्यान गएको छ । उनले उक्त पत्रिकामा २५ बर्षदेखि काम गर्दै आएका थिए । सम्पादकीय पृष्ठका सम्पादक जेरल्ड दर्शनदेखि विभिन्न चीजका ज्ञाता समेत दिए ।

त्यस्तै गोलीकाण्डमा जोन म्याकनमराको पनि मृत्यु भएको छ । उनले क्यापिटल गजेट र अन्य पत्रिकाहरुमा २० बर्षदेखि काम गर्दै आएका थिए । ५६ बर्षका यी पत्रकारले बढी खेलकुदका समाचार लेख्न रुचाउँथे । तर उनी समाचार लेख्न, सम्पादन गर्न, डिजाइन गर्न माहिर भर्सटाइल पत्रकार थिए ।

त्यस्तै ३४ बर्षीय रेबेका स्मीथको पनि ज्यान गएको छ । उनी गतबर्षमात्र पत्रिकामा सेल्स एसिस्टेनका रुपमा काम सुरु गरेकी थिइन् ।

गोलीकाण्डमा ६५ बर्षीय वेन्डी विन्टर्सको पनि ज्यान गएको छ । उनी पत्रिकामा सम्पादक तथा कम्युनिटी रिपोर्टर थिइन् । न्युयोर्कमा काम गरेकी उनी मेरिल्याण्डमा बसाई सरेकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com