क्विन्स्ल्यान्डमा नेपाली सामुदायिक केन्द्र निर्माणको लागि अर्याल दम्पतिद्वारा १ लाख डलर सहयोग


प्रकाशित मिति : असार १३, २०७५ बुधबार

नेपालीहरु संसारकै जुनसुकै कुनामा पुगेपनि आफ्नो संस्कृति र पहिचानलाई बचाइराख्नको लागि अगाडी बढेका हुन्छन् । अष्ट्रेलियामा रहेका नेपालीहरु पनि नेपाली चाडपर्व, सामाजिक काम, सांस्कृतिक र धार्मिक कार्यको लागि एकजुट हुने गर्छन् । नेपालीहरुको जमघट र कुनै पनि कार्यक्रम गर्नको लागि आफ्नै सामुदायिक भवनको आवश्यकता महसुस गरेर अष्ट्रेलियाका विभन्न राज्यमा रहेका नेपालीहरु त्यस कार्यको लागि सक्रिय भइरहेका छन् ।

केही समय अगाडी मेलबर्नमा रहेका नेपालीहरुले सामुदायिक भवन निर्माणको लागि महायज्ञको आयोजना गरेका थिए । यस्तै, क्विन्सल्याण्डमा रहेका नेपालीहरु पनि आफ्नै सामुदायिक भवन निर्माणको लागि अगाडी बढेका छन् । भवन निर्माणको लागि विभिन्न कार्यक्रम तथा सहयोग रकम संकलन गरिरहँदा सागर अर्याल र उनकी धर्मपत्नीले १ लाख डलर सहयोग गरेका छन् । उनीहरुले उक्त रकम अभियन्ताहरुलाई हस्तान्तरण समेत गरिसकेका छन् ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफूहरुले सहयोग गर्नुको मूख्य उद्देश्य बारे अर्याल भन्छन् ,” क्विन्स्ल्यान्डमा सामुदायिक केन्द्र बनाउने कुरा निकै अघीदेखी भएको हो, तर अझै पनि यो बन्ला कि नबन्ला भन्ने अनिश्चितताका कारण सहयोगको तत्परतामा कमी भएको महशुस मैले गरेँ । अनि यसको क्रेडिट कसले लिने वा फलानोले यसको क्रेडिट लिनेभयो भन्ने संकिर्णता पनि व्याप्तदेखेँ। मेरो यो कुरामा एउटै धारणा छ – जो समाजका निम्ती गर्छु भनेर निस्वार्थ भएर आउँछन्, उनीहरुलाई गर्ने मौका दिनुपर्छ । कसैले बाधा उत्पन्न नगरौं, रचनात्मक छलफल गरौँ, निशर्त: सहयोग गरौँ । यही सन्दर्भ बिच मैले श्रीमतीज्युलाई भने – हामीले के गर्न सकिएला त ? उनले भनिन् “ यदी हाम्रो सहयोगले नेपाली समुदायको यो महत्वपूर्ण कार्य छिटो सम्पन्न हुन्छ सक्छ अनि समुदायमा केही संदेश दिन सकिन्छ भने, १ लाख डलर सहयोग गरौँन त !” वास्तवमा उनले मेरो मनको कुरा भनेकी थिइन्।“

सामाजिक कार्य कसैलाई देखाउनको निम्ति नभई आफ्नो समाजको उन्नति तथा समृद्धि र आफ्नो आत्मसन्तुष्टको निम्ति गर्नुपर्छ भन्दै उनी थप्छन् ,”हामीलाई थाहा छ, आर्थीक रुपमा सक्षम अनि मन हुने सयौँ नेपाली क्विन्स्ल्यान्डमा हुनुहुन्छ र वहाँहरु पनि अघी सर्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। ”

विद्यार्थीको रुपमा अष्ट्रेलिया आएका अर्याल हाल व्यवसायीको रुपमा क्विन्सल्याण्डमा स्थापित भएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com