अाज मैदानमा उत्रिदै पाँच पटकको विश्व विजेता ब्राजिल


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

रसियामा जारी बिश्वकप फुटबल अन्तगर्त आज ३ वटा खेल हुँदैछन । पहिलो खेलमा कोस्टारिका र सबिर्याबिरुद्ध भिड्दा दोस्रो खेलमा जर्मनी र मेक्सीको तथा तेस्रो खेलमा बाज्रिल र स्वीजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । कोस्टारिका र सबिर्याबीचको पहिलो खेल नेपाली समय अनुसार बेलुका ५ : ४५ बजे सुरु हुनेछ । सन् १९९० मा पहिलोपटक विश्वकप खेल्लेको कोस्टारिकाको पाँचौ विश्वकप खेल्दैछ ।
सन् २००२ र २००६ मा समूह चरणबाटै बाहिरिएको कोस्टारिका सन् २०१४ को विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो । फिफा वरियतामा २५ औँ स्थानमा रहेको कोस्टारिका आज सबिर्याबिरुद्ध चुनौती हुनसक्ने बिश्लेषण गरीएको छ । १२ औँ विश्वकप खेल्न थालेको सर्बिया फिफा वरियतामा ३५ औँ स्थानमा छ । पहिलोपटक सन् १९३० मा विश्वकप खेलेको सर्बियाले अन्तिम पटक सन् २०१० मा सहभागिता जनाएको थियो ।

दोस्रो खेल राती ८ः४५ बजे जर्मनी र मेक्सीकाेबीच हुनेछ ।

२०१४ को बिश्वकप जितेको जर्मनीले सन् १९३४ देखि विश्वकप खेल्न थालेको हो । चार पटक विश्व विजेता बनीसकेको जर्मनीले पहिलो पटक सन् १९५४ मा उपाधि उचालेको थियो । फिफा वरियतामा शीर्ष स्थानमा रहेको जर्मनी यसपटक पनि दाबेदार टिम हो । अहिलेसम्म १८ पटक विश्वकप खेलेको जर्मनी १३ पटक र ८ पटक फाइनलमा पुगेको छ ।

बाज्रिल र स्वीजरल्याण्डबीच तेस्रो खेल राती पौने १२ बजे सुरु हुनेछ।

रसिया विश्वकपका लागि सबैभन्दा पहिले छनोट भएको बाज्रिल पाँच पटकको विश्व विजेता हो । घरेलु मैदानमा २०१४ को बिश्वकपमा जर्मनीसँग ७–१ ले पराजित भोगेको बाज्रिलको पछिल्लो समय लयमा छ । युवा खेलाडीको समिश्रण रहेको बाज्रिलको टिममा मुख्य हतियारका रुपमा नेयमार छन । ११ औँ पटक विश्वकपमा सहभागिता जनाउन लागेको स्वीजरल्याण्ड फिफा वरियतामा छैठौँ स्थानमा छ । क्वाटरफाइनलसम्म पुग्ने आश गरिएको स्वीजरल्याण्डले पहिलो खेलमै बलियो प्रतिद्धोन्दी ब्राजिलको सामना गर्नुपरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com