अमेरिकामाथि विश्वास नगर उत्तर कोरियाः इरान


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

उत्तर कोरियाका नेता किम जोंग उनसँग अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ऐतिहासिक भेटघाटमाथि संसारभरबाट मिश्रित प्रतिक्रिया पाइएको छ ।

केही देशले उक्त भेटघाटलाई अभूतपूर्व बताउँदै स्वागत गरेका छन् भने कतिले यसमा गरिएका प्रतिबद्धताको आलोचना गरेका छन् ।

यता दक्षिण कोरियाले भने उक्त भेटघाटले शान्ती र आपसी सहयोगको एक नयाँ अध्यायको आरम्भ गरेको बताएको छ ।

तर अमेरिकाले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासलाई समाप्त गरेको घोषणाले भने दक्षिण कोरिया अचम्ममा परेको बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो उत्तर कोरियाको एक प्रमुख माग पनि थियो ।

चीनले दुबै नेताको भेटवार्ताले उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धमा राहत हुनसक्ने अनुमान गरेको छ ।

यता इरानले भने उत्तर कोरियाले अमेरिकामाथि विश्वास गर्न नहुने बताएको छ । राष्ट्रपति ट्रम्पले इरानसँग भएको परमाणु सम्झौताबाट अमेरिकालाई अलग्गाइसकेका छन् ।

रुसले पनि यस्तै प्रकारको चेतावनी दिएको छ । जबकी जपानले उक्त भेट एक ‘सुरुवात’ भएको बताएको छ ।

दक्षिण कोरियामा बेलायती राजदूत वारविक मौरिसका अनुसार राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनले जुन सम्झौतामा हस्ताक्षर गरेका छन, त्यसमा स्पष्टताको कमी छ तर दुबैले भेट गरेका छन्, त्यो नै ठूलो कुरा हो ।

यस्तै, अमेरिकी सिनेटमा डेमोक्रेटिक पार्टीका नेता चक शूमरले किम जोंग उनसँग राष्ट्रपति ट्रम्पको भेट त्यतिबेला मात्र सफल हुनेछ जब यसले कुनै ठोस् नतिजा निकाल्नेछ ।

अर्कोतर्फ, एक वरिष्ठ रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमका अनुसार उत्तर कोरियामार्फत चीन, अमेरिकासँग खेल्ने कोसिस गरिरहेको छ । उनले दक्षिण कोरियाबाट अमेरिकी सैनिकलाई फिर्ता बोलाउने कुनै पनि सम्झौताको विरोध गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com