ट्रम्पसँग ‘रचनात्मक’ भेटका लागि पुटिनको अपेक्षा


प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले अमेरिकी राष्ट्रपतिसँग ‘रचनात्मक भेट’को अपेक्षा गरेको बताउनुभएको छ ।
पुटिनले भन्नुभयो, “ट्रम्प कुनै पनि व्यक्तिलाई कसरी सुन्नुपर्छ र उनीहरूका भनाइलाई कसरी वहसमा लानुपर्छ भन्ने गम्भीर सोच भएको व्यक्ति हो । यसले मलाई उहाँप्रति विश्वास गर्ने आधार बनाएको छ मलाई लाग्छ उहाँसँगको वार्ता रचनात्मक सिद्ध हुनेछ ।”

ट्रम्पले रूसी राष्ट्रपतिलाई भेट्नका लागि गत अप्रिलमा निमन्त्रणा पठाउनुभएको छ । उहाँहरूबीच यही वर्ष भेट हुने सम्भावना रहेको भएपनि कहिले भेट हुँने अझै अनिश्चित नै छ ।

रूसी उप विदेशमन्त्री सेर्गेइ ¥याकोभले यस पहिले दुई देशका उच्च नेताबीच हुने भेट मस्को र वासिङ्टनको सम्बन्ध सुधारका लागि महत्वपूर्ण हुने बताउनुभएको थियो । यो नेताहरूबीच प्रत्यक्ष हुने तेस्रो भेट हुनेछ ।

उहाँहरूबीच जी–२० शिखर सम्मेलनको सन्दर्भमा जर्मनीको ह्यामवर्गमा गत वर्षको जुलाईमा भेट्नु भएको थियो । दोस्रो पटक उहाँहरू एसिया प्रशान्त वित्तीय सहकार्य शिखर सम्मेलनका अवसरमा गत नोभेम्बरमा भियतनाममा भेट्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस वर्षको मार्चमा दुई नेताले टेलिफोन वार्ता गर्नुभएको थियो भने उक्त अवसरमा ट्रम्पले पुटिनलाई वासिङ्टन डी सीको भ्रमण गर्न आमन्त्रण गर्नुभएको थियो । दुई देशबीचको सम्बन्धमा सन् २०१५ मा रूसले क्रिमियालाई लिएपछि, यूक्रेनी सङ्कटका कारण, अमेरिकी निर्वाचनमा भएको भनिएको हस्तक्षेप र सिरियाली गृहयुद्धका कारण समस्या आएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com