टेक्सस तालमा डुबेर २२ बर्षिय नेपाली बिद्यार्थीको दुखद निधन
प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार
नेपाल बाट अमेरिका पढ्न आएका एक बिधार्थीको तालमा डुबेर निधन भएको खबर प्राप्त भएको छ । अमेरिकाको टेक्सस राज्यको ड्यालासबाट लेविसभिल तालमा साथीहरुसंग गत जुन ४ तारिख राती ९:३० बजे पौडी खेल्दा उनको मृत्यु भएको हो ।
साथीहरु सगै खेली रहेको समयमा उनि नदेखिए पछि ९११ प्रहरी लाई खबर गरे पछि उनि मृत अवस्थामा फेला परेको जानकारी नेपाली टेक्सस समाजका अध्यक्ष सुमन थापाले ईनेप्लिजलाई जानकारी दिएका छन् ।
२२ बर्षिय मृतक बिद्यार्थी बिबेक दाहाल हुन् भने उनि सामुदायिक कलेज (महाबिद्यालय )बाट अध्ययन समाप्त गरेर विश्व बिद्यालय जान तरखरमा रहेको जानकारी प्राप्त भएको छ ।
उनि युनिभर्सिटी अफ आर्लिंगटन टेक्सस जाने तयारीमा थिए । अस्पतालले उनलाई मृत घोषित गरि सकेको छ भने प्रहरीले पनि पुष्टि गरेको जानकारी नेपाली टेक्सस समाज अध्यक्षका सुमन थापाले दिएका छन् ।
थापाले मृत दाहालका आफन्तलाई जानकारी गराई सकेको बताएका छन । यसै गरि एनएसटि समाजले यसको लागि के गर्ने बारेमा समुदाय संग छलफल गरि रहेको बताए ।
अझ बिस्तृत जानकारी लिएर आउने छौ ।






