डुङ्गा डुब्दा ४८ आप्रवासीकोे मृत्यु


प्रकाशित मिति : जेष्ठ २१, २०७५ सोमबार

ट्यूनिसियाको दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुबेर भएको दुर्घटनामा परी कम्तीमा पनि ४८ जनाको ज्यान गएको समाचार छ ।

ती आप्रवासीको डुङ्गा आइतबार नै मध्यान्ह्मा डुबेको हो । आइतबारसम्म ३५ जनाको शव भेटिएकोमा त्यो संख्या बढेर सोमबार ४८ पुगेको ट्यूनिसियाली रक्षा मन्त्रालयले जानकारी गराएको छ ।

यसअघि गृह मन्त्रालयले दिएको तथ्यांकमा मृतकको संख्या आइतबार ३५ मात्र थियो । उक्त मन्त्रालयले त्यहाँ रहेका ६७ जनालाई भने समुद्रबाट सकुशल उद्धार गरेको बताएको थियो ।

आइतबार मध्यान्ह १२ बजे डुबेको सो डुङ्गमा रहेकामध्ये तटबाट ३५ जनाको शव आइतबारै राति निकालिएको र ६८ जनालाई सकुशल उद्धार गरिएको रक्षा मन्त्रालयका प्रवक्ताले एएफपीलाई बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गृह मन्त्रालयका अनुसार ट्यूनिसियाली स्फाक्स प्रान्तको सामुद्रिक तटनजिकै आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्न थालेपछि सहयोगका लागि चिच्चाइरहेका यात्रुहरूलाई तत्कालै ट्यूनिसियाको नौसेना तथा राष्ट्रिय सुरक्षा गार्डले उद्धार थालेको थियो ।

समयमै यसरी खबर भएकोले ६८ जनालाई जीवितै उद्धार गर्न सफल भएको थियो । यहाँ उद्धारको काम जारी नै रहेको र डुङ्गामा कतिजना यात्रु थिए भन्ने यकिन तथ्यांक नपाइएकोले सम्पूर्ण विवरण आउन अझै केही समय लाग्ने गृह मन्त्रालयले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com